BBL : ब्रिसबेन बिरुद्ध सन्दिपले लिए एक विकेट, यस्तो रह्यो बलिंग प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका सन्दिप लामिछानेले आठौँ खेलमा ब्रिसबेन हिट बिरुद्ध एक विकेट लिएका छन्।

होबार्टको घरेलु मैदानमा टस हारेर ब्याटिंग गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट क्षेतीमा १५० रन बनायो। उसको लागि जेम्स बेजलेले सर्वाधिक ४४, जयक वाइल्डरमुथले २८ तथा स्याम हेजलेटले २६ रन योगदान दिए। होबार्टको बलिंगमा नाथन इलिसले ३ विकेट ( ३/४१ ) , थोमस रोजर्सले २ विकेट ( २/१५ ) तथा राइली मेरेडीथ ( १/२३ ) , जोर्डन थंपसन ( १/२४ ) र सन्दिप लामिछानेले ( १/३७ ) समान एक विकेट लिए।

आफ्नो स्पेलको पहिलो ओभरमा ६ रन, दोश्रो ओभरमा सन्दिपले ६ रन, दोश्रो ओभरमा ८ रन तथा तेश्रो ओभरमा ५ रन खर्चेका सन्दिपले अन्तिम ओभरमा एक विकेट लिंदा १८ रन खर्चिए।

सन्दिपको पहिलो ओभर : इनिंग्सको सातौँ ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा ६ रन खर्चिए। कसिलो बलिंग गरेका उनको तेश्रो बलमा स्याम हिजलेटले स्विप गर्दै डिप स्क्वायर लेगमा चौका प्रहार गरे। अन्तिम बलमा हिजलेटले स्लग स्विप गर्दा खुट्टामा बल लागेर अपिल गरेता पनि बल लेगस्टम्प बाहिर गएकोले नट आउट रहे। ओभर समरी ( ० ० ४ १ १ ० )

सन्दिपको दोश्रो ओभर :
 दशौँ ओभरमा स्पेलको दोश्रो ओभर गरेका सन्दिपले ओभरमा ८ रन खर्चिए। ओभरको पहिलो बलमाले सन्दिपको गुग्लीमा बार्लेटको भित्रि किनारा लाग्यो। ओभरको दोश्रो बलमा हिजलेटले सन्दिपले माथि र अफस्टम्प बाहिर गरेको बललाई ड्राइभ गर्दै चौका प्रहार गरे। अन्तिम बलमा सन्दिपलाई हिजलेटले आक्रामक सट प्रहार गरे तर बल डिप मिड-विकेट फिल्डर भन्दा थोरै अगाडी खस्न पुग्यो। ओभर समरी ( १ ४ १ १ ० १ )

सन्दिपको तेश्रो ओभर : १५ औं ओभरमा बलिंगमा फर्केका सन्दिपले ओभरमा कसिलो बलिंग गर्दै मात्र ५ रन खर्चिए जुन सबै सिंगलबाट बन्यो। ओभर समरी ( १ १ १ ० १ १ )

सन्दिपको चौंथो ओभर : डेथ ओभर १८ औं ओभरमा बलिंग गर्ने क्रममा सन्दिपले विकेटको खाता खोले तर महँगो सावित भने भए। ओभरको चौंथो बलमा २८ रन बनाएर ब्याटिंग गरिरहेका वाइल्डरमुथले आक्रामक सट खेल्ने क्रममा डिप-मिड विकेटमा क्याच आउट हुन पुगे। त्यस बाहेक ओभरमा सन्दिपले २ छक्का र १ चौका खर्चिए। ओभरको पहिलो दुई बलमा जेम्स बेज्लेले छक्का र चौका प्रहार गरे। पहिलो बलमा गुगलीलाई छक्का हिर्काएका उनले दोश्रो बलमा बाहिरि किनारा लाग्दै बल थर्ड म्यान बाउन्ड्रीमा चौका भयो। अन्तिम बमा सन्दिपले माथि दिएको बललाई मीड-विकेटमा छक्का प्रहार गरे। ओभर समरी ( ६ ४ १ विकेट १ ६ )

जारि लिगमा सन्दिपले खेलेको ८ खेलमा ६ विकेट लिएका छन् जुन क्रममा मेलबर्न बिरुद्ध अघिल्लो खेलमा ३ विकेट लिएका थिए। प्रतियोगिता खेलीरहेका अन्य एसियालीहरुमा स्पिनर मुजिब उर् रहमानले ७ खेलमा ३ विकेट, राशिद खानले ७ खेलमा १० विकेट, मोहम्मद नाबीले ६ खेलमा १ विकेट, कैस एहमदले ५ खेलमा ६ विकेट, जाहिर खानले ६ खेलमा ८ विकेट लिएका छन्।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]