BBL : सन्दिपको लय कायमै, सिड्नी बिरुद्ध लिए दुई विकेट

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर तथा राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्।

सिड्नी थन्डर्स बिरुद्धको खेलमा सन्दिपले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिंदै जितमा महत्वपूर्ण योगदान दिए। उनले सिड्नी जितको दिशामा अघि बढ्दा दबाबमा बेक्स्टर होल्ट र नाथन म्याकएन्ड्रयुको अठारौं ओभरमा विकेट लिंदै होबार्टलाई खेलमा फर्काएका थिए। उक्त ओभरले होबार्टको जित सुनिस्चित गरेको थियो।

सन्दिपको पहिलो ओभर : छैठौं ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले ओभरमा ८ रन खर्चिए। पहिलो ५ बलमा ४ रन दिएका उनको अन्तिम बलमा ड्यानियल स्याम्सले चौका प्रहार गरे। ओभर समरी ( १ १ १ १ ० ४ )

सन्दिपको दोश्रो ओभर : दशौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले कसिलो बलिंग गरे। ओभरमा उनले ४ वटा सिंगल दिए भने एक रन लेग बाई मार्फत आयो। पाँचौ बलमा उनले गरेको एलबिडब्लु अपिल अम्पायरले नकारे। ओभर समरी ( १ ० १ १ लेगबाई१ १ )

सन्दिपको तेश्रो ओभर : तेह्रौं ओभर बलिंग गरेका सन्दिपले ९ रन खर्चिए। ओभरको दोस्र्हो बलमा उनले गरेको एलबिडब्लु अपिललाई अमपयरले नकारे। ओभरको अन्तिम बलमा उनलाई बेक्स्टर होल्टले स्विप गर्दै डिप स्क्वायर लेगमा चौका प्रहार गरे। ओभर समरी ९ १ ० २ १ १ ४ )

सन्दिपको चौंथो ओभर : अठारौं ओभरमा चौंथो ओभर गरेका सन्दिपले ओभरको पहिलो बलमा १७ रन बनाएका बेक्स्टर हल्टलाई क्याच आउट पारे। पुल गर्ने क्रममा उनि डिप-मीड विकेटमा समेटिन पुगे। ओभरको तेश्रो बलमा उनलाई नाथन म्याकएन्ड्रयुले चौका प्रहार गरे। तर लगत्तै बलमा उनले ३० रन बनाएका म्याकएन्ड्रयुलाई क्याच आउट पारे। ओभरमा मात्र ५ रन खर्चेर सन्दिपले क्रिजमा जमिसकेका दुई ब्याट्सम्यानको ठूलो विकेट लिए। सन्दिपको दुई विकेटले राम्रो अवस्थामा रहेको सिड्नी कमजोर अवस्थामा पुग्यो। ओभर समरी ( विकेट ० ४ विकेट ० १ )

प्रतियोगितामा १२ खेल खेल्दा सन्दिपले १२ विकेट लिएका छन्।

खेलमा होबर्टले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नीले २० ओभरमा ९ विकेट क्षेतीमा १६८ रन बनाउन सक्यो र ९ रनको हार बेहोर्यो। यस अघि होबार्टले पहिलो ब्याटिंग गर्दै ६ विकेट क्षेतीमा १७७ रन बनाएको थियो। होबार्टको लागि कप्तान म्याथु वेडले सर्वाधिक ८३ तथा केलेब जेवेलले ५१ रन बनाए। सिड्नीको लागि एलेक्स हेल्सले ३८, नाथन म्याकएन्ड्रयुले ३० तथा जेसन सांघाले ३१ रन योगदान दिए। होबार्ट बलर राईलि मेरेडीथ र जोर्डन थोम्पसनले समान तिन विकेट, सन्दिप लामिछानेले दुई विकेट र ड्यारसी सर्टले १ विकेट लिए।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]