सन्दिपको चौथो खेल मेलबर्न रेनेगेड्ससंग ( लाइभ, खेल समय लगायत सम्पूर्ण जानकारी एकै ठाउँ )

  • विकेटनेपाल, पुष १६ , सोमबार 

बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले चौथो खेल टम कुपर कप्तानीको मेलबर्न रेनेगेड्ससंग खेल्दैछ। मेलबर्नको डर्बी खेलसंग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ –

मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्सको प्रतियोगितामा नतिजा 

मेलबर्न स्टार्सले पहिलो खेलमा सिड्नी थन्डर्ससंग १५ रनले ( डीएलएस मेथड ) तथा दोश्रो खेलमा होबार्ट हरिकेन्ससंग ६ विकेटको पराजय बेहोरेको थियो। त्यसपछि तेश्रो खेलमा सिड्नी सिक्सर्सलाई ५ विकेटले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको थियो। लिग अंकतालिकामा मेलबर्न छैठौं स्थानमा रहेको छ।

मेलबर्न रेनेगेड्सले प्रतियोगितामा ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको छ। पहिलो खेलमा पार्थ स्कर्चर्सलाई ४ विकेट तथा दोश्रो खेलमा एड्लेड स्ट्राईकर्सलाई ५ विकेटले पराजित गरेको रेनेगेड्सले तेश्रो खेलमा सिड्नी सिक्सर्ससंग ३३ रनले पराजित भएको थियो। रेनेगेड्स लिग अंकतालिकाको दोश्रो स्थानमा रहेको छ।

खेल : कहाँ, कहिले, कति बजे 

मिति : १ जनवरी ( मङ्सिर १७ ) मंगलबार , मैदान – मेलबर्न क्रिकेट ग्राउण्ड , मेलबर्न
खेल समय : २ बजे दिउसो ( नेपाल ) , ७:१५ बजे राति ( अस्ट्रेलिया )
लाइभ : खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

मेलबर्न रेनेगेड्स टिम :- म्याकेन्जी हार्भे, क्यामरन व्हाइट, टम कुपर ( कप्तान ) , मोहम्मद नबि , ड्यानियल क्रिस्टियन, स्याम हार्पर , ज्याक वाइल्डरमथ, क्यामरन बोयस, केन रिचर्डसन, उस्मान खान, जोन होलाण्ड, बु वेबस्टर, एन्ड्रु फेकेटे

मेलबर्न स्टार्स टिम : ड्वेन ब्राभो, ज्याक्सन कोल्म्यान, निक म्याडीसन, ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, बेन डंक , इभान गुल्बिस, पिटर ह्यान्ड्सकम्ब, ज्याक्सन बर्ड, स्कट बोलान्ड, एडम जम्पा, ड्यानियल वोर्रल, मार्कस स्टोइन्स, निक लार्किन, सब गोच, म्याथु पार्किन्सन, ट्राभिस डिन, सन्दिप लामिछाने, लियम बो, जोनाथन मेर्लो, लेन्स मोरिस

लिगमा सन्दिपको प्रदर्शन 

पहिलो खेल – बिरुद्ध सिड्नी थन्डर्स

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिएका थिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। सन्दिप त्यतिमा रोकिएनन् र अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए।

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको पहिलो ओभर –  १ , विकेट, १ , ० , १ , विकेट  , दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६, चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

दोश्रो खेल : बिरुद्ध होबर्ट हरिकेन्स

दोश्रो खेलमा टिम पुनः पराजित भए पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

Sandeep Lamichhane

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०

तेश्रो खेल – बिरुद्ध सिड्नी सिक्सर्स

प्रतियोगितामा उत्कृस्ट फर्म जारि राख्ने क्रममा तेश्रो खेलमा पनि २ विकेट लिए। खेलको नवौं ओभर लिएर आएका सन्दिपको गुग्ली बुझ्न नसक्दा ओभरको दोस्रो बलमा अन्रिकेज एलबिडब्लु धरापमा परे। खेलको १२ औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर गर्ने क्रममा सन्दिपले ओभरको अन्तिम बलमा टम कुरनलाई एलबिडब्लु धरापमा पार्दै आफ्नो दोस्रो विकेट हात पारे।

पहिलो ओभर : ० (अन्रिकेज), ० (अन्रिकेज), १ रन (अन्रिकेज), १ रन (ह्युजेज), २ रन लेग बाई (अन्रिकेज), २ रन (अन्रिकेज)
दोस्रो ओभर : ० (अन्रिकेज), विकेट (अन्रिकेज), २ रन (फिलिपे), १ रन (फिलिपे), ० (सिल्क), १ रन (सिल्क)
तेस्रो ओभर : १ रन (सिल्क), ० (कुरन), १ रन (कुरन), ० (सिल्क), १ रन (सिल्क), विकेट (कुरन)
चौथो ओभर : चौका (एबोट), ० (एबोट), १ रन (एबोट), २ रन लेग बाई (सिल्क), १ रन (सिल्क), १ रन (एबोट)

बिग ब्यास छोडेर सन्दिप बंगलादेश जाँदै  

बिग ब्यास लिग अन्तर्गत मेलबर्न रेनेगेड्ससंग खेलीसकेपछि सन्दिप बंगलादेश प्रिमियर लिग खेल्न जनवरी २ तारिकमा बंगलादेश जानेछन्।

जनवरी ५ देखि सुरु हुने बंगालदेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी डेभिड वार्नरले गर्दै छन्। टिमले जनवरी ६ तारिकमा तमिम इक्बाल कप्तानीको कोमिल्ला भिक्टोरिएन्ससंग पहिलो खेल खेल्नेछ।

बंगलादेश प्रिमियर लिग फेब्रुवरी ८ सम्म चल्नेछ जसपछि सन्दिप पुनः बिग ब्यास खेल्न फर्किनेछन्। टिमले प्लेअफ चरण प्रवेश नगरेको खण्डमा सन्दिप फेब्रुवरी १ तारिक पछि अस्ट्रेलिया फर्कन सक्नेछन्। लिगमा ७ वटा टिम सहभागी छन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]