बिग ब्यास : सन्दिपले लिए म्याक्सवेलको विकेट, यस्तो रह्यो बलिंग प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत २७ औं खेलमा मेलबर्न स्टार्स र होबार्ट हरिकेन्स प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सिजनको दोश्रो खेल खेलीरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाउदै होबार्टलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मेलबर्नको लागि ओपनर मार्कस स्टोइनिसले सर्वाधिक ९७ रन बनाए जुन क्रममा मात्र ५५ बलमा ७ चौका र ७ छक्कानै हिर्काए। हिल्टन कार्टराइटले ३६, निकोलस पुरनले २६ रन बनाए। होबार्टको बलिंगमा नाथन इलिसले सर्वाधिक ३ विकेट लिए भने राइली मेरेडीथले २ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

पहिलो ओभर : ३ रन ( १ , ० , ० , १ , ० )

छैठौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसलाई रन दिन कन्जुसी गरे। ओभरमा ३ वटा डट बल गर्दै उनले मात्र ३ रन दिए।

दोश्रो ओभर : २ रन दिएर १ विकेट ( १ , विकेट , ० , १ , ० , ० )

पहिलो स्पेल निरन्तरता दिने क्रममा सन्दिप आठौँ ओभरमा बलिंग गर्न आए। ओभरको दोश्रो बलमा अघिल्लो खेलमा उत्कृस्ट ब्याटिंग गरेका ग्लेन म्याक्सवेललाई उनले एलबिडब्लु आउट गरे। सन्दिपले गरेको गुगलीलाई रिभर्स स्विप गर्ने क्रममा प्याडमा बलले लागेपछि सन्दिपको अपिललाई अम्पायरले स्वीकार गर्दै आउट दिए। अघिल्लो खेलमा सन्दिप बिरुद्ध आक्रामक ब्याटिंग गरेका म्याक्सवेलको विकेटपछि सन्दिप निकै खुसि देखिएका थिए। ओभरमा सन्दिपले त्यसपछि निकोलस पुरन र स्टोइनिसले सन्दिपलाई रक्षात्मक तरिकाले खेले। ओभरमा २ वटा सिंगल दिएका सन्दिपले अन्य बल डट गर्दै मात्र २ रन खर्चिए।

तेश्रो ओभर : १२ रन ( २ , ६ , १ , १ , १ , १ )

दोश्रो स्पेल डेथ ओभरमा १६ औं ओभरमा बलिंग गर्न आएका सन्दिपलाई क्रिजमा जमीसकेका मार्कस स्टोइनिसले दोश्रो बलमा छक्का हिर्काए। सन्दिपले गुगली गरेता पनि सर्ट बल हुँदा स्टोइनिसले पुल गर्दै डिप ब्याकवार्ड लेगमा छक्का हिर्काए। ओभरको तेश्रो देखि छैठौं बलमा सम्म स्टोइनिस र हिल्टन कार्टराइटले १/१ रन लिए। ओभरमा सन्दिपले कुल १२ रन खर्चिए।

चौथो ओभर : १९ रन ( ६ , १ , ४ , १ , ६, १ )

१८ औं ओभर बलिंग गरेका सन्दिपको पहिलो बलमा कार्टराइटले लंग-अफमा छक्का हिर्काए। त्यसपछि तेश्रो बलमा स्टिनिसले चौका हिर्काए। पाँचौ बलमा कार्टराइटले सन्दिपले माथि खेलड़एको बललाई स्लग गर्दै छक्का हिर्काए। सिजनकै सबैभन्दा महँगो ओभर गर्ने क्रममा सन्दिपले १९ रन खर्चिए।

स्पेलमा सन्दिपले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए।

अघिल्लो खेलमा सन्दिपले स्टार्स बिरुद्ध ३८ रन खर्चेर २ विकेट लिएका थिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]