BBL : स्टम्पिंगको साथै दुई क्याच छुट्दा राम्रो बलिंगका बाबजुद सन्दिप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाली लेग स्पिनर विकेटविहिन बनेका छन्। नेपाली स्पिनर विकेटविहिन रहेता पनि किफायती बलिंग गर्दै होबार्टको पहिलो जितमा किफायती बलिंग गर्दै महत्वपूर्ण योगदान दिए।

सिड्नीको घरेलु मैदानमा सम्पन्न खेलमा होबार्टले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नीले निर्धारित १८ ओभरमा १५१ रन बनाउन सक्यो। वर्षाले दोश्रो इनिंग्स प्रभावित हुँदा सिड्नीले १८ ओभरमा १९६ रनको लक्ष्य पाएको थियो। सिड्नीको लागि जोश फिलिपेले सर्वाधिक ७२, मोइसेस हेनरिक्स र जेम्स भिन्सले २६ रन योगदान दिए। होबार्टको बलिंगमा जोयल पेरिसले ३ तथा नाथन इलिसले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको होबार्टले २० ओभरमा २ विकेट क्षेतीमा २१३ रन बनाएको थियो। होबार्टको ब्याटिंगमा कप्तान तथा ओपनर म्याथु वेडले सर्वाधिक ९३ रन बनाए जुन क्रममा ४६ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। यस्तै ड्यार्सी सर्टले ५१ बलमा ७ चौका र ३ छक्का मद्दतले ७३ तथा कलेब ज्वेलले २३ बलमा ६ चौका र १ छक्का मद्दतले ४२ रन बनाए। वेड र सर्टले १११ रनको ओपनिंग साझेदारी गरेका थिए। यस्तै दोश्रो विकेटको लागि सर्ट र ज्वेल बीच ९८ रनको साझेदारी भयो।

दुर्भाग्यशालि रहे सन्दिप, यस्तो रह्यो ओभर-ओभरको प्रदर्शन

सिड्नी सिक्सर्स बिरुद्ध खेलमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका सन्दिपले २४ रन मात्र खर्चिए। खेलमा अन्य बलरको दाँजोमा निकै किफायती बलिंग गरेका सन्दिप दुर्भाग्यशालि रहे। उनको दुई वटा क्याच छुट्न पुग्यो भने एउटा स्टम्पिंगको अवसर पनि गुम्न पुग्यो। तै पनि सन्दिपले दोश्रो खेलमा पनि प्रभावशाली बलिंग गरे।

सन्दिपको पहिलो ओभर : छैठौं ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा ८ रन खर्चिए। पहिलो र दोश्रो बलमा १/१ रन दिएका उनको अन्तिम ३ बलमा जेम्स भिन्सले २/२ रन बनाए। ओभर समरी : ( ० १ १ २ २ २ )

सन्दिपको दोश्रो ओभर : दशौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपको पहिलो बलमै ४१ रन बनाएका जोश फिलिपेको क्याच डिप-स्क्वायर लेगमा फिल्डरले क्याच छुटाउन पुगे। त्यसपछि ओभरको तेश्रो बलमा कभरमा पिटर ह्यान्ड्सकम्बले मोइसेस हेन्ड्रिक्सको क्याच छुटाउन पुगे। ओभरमा दुर्भाग्यशाली रहेका सन्दिपले ५ पटक सिंगल दिए र ५ रन खर्चिए। ( १ ० १ १ १ १ )

सन्दिपको तेश्रो ओभर : १२ औं ओभरमा तेश्रो ओभर गरेका सन्दिप पुनः दुर्भाग्यशाली रहे। ओभरको चौंथो बलमा सन्दिपले फिलिपेलाई सहज रन आउट गर्न सकेनन्। त्यसपछि ओभरको अन्तिम बलमा विकेटकिपर म्याथु वेडले स्टम्पिंगको अवसर गुमाउन पुग्दा सन्दिपले विकेट लिने तेश्रो अवसर गुम्न पुग्यो। ओभर समरी : ( ० २ १ ० लेबा १ ० )

सन्दिपको चौंथो ओभर : १५ औं ओभरमा अन्तिम ओभर बलिंग गर्ने क्रममा सन्दिपले ओभरको अन्तिम बलमा चौका प्रहार गर्नु बाहेक कसिलो बलिंग गरे। अन्तिम बलमा ड्यानियल क्रिस्चियनले पोइन्ट क्षेत्रमा चौका हिर्काए। ओभर समरी : ( लेबा १ १ २ १ ० ४ )

४ ओभर बलिंग गर्ने क्रममा सन्दिपले २४ रन खर्चिए जसमा एउटा चौका बाहेक बाउन्ड्री दिएनन्। विशाल लक्ष्य पछ्याएको सिड्नीलाई सन्दीपले मध्यम ओभरमा कसिलो बलिंग गर्दै रन गति बढ्न दिएनन्। विकेटविहिन रहेता पनि सन्दिपले राम्रो बलिंग गरे। अन्तिम ओभर बलिंग गर्दै गर्दा कमेन्टेटरले सन्दिपले एउटा विकेटको त हकदार भएको बताएका थिए।

लिग अन्तर्गत पहिलो खेलमा सन्दिपले सिड्नी सिक्सर्स बिरुद्धनै २४ रन खर्चेर ड्यानियल क्रिस्चियनको विकेट लिएका थिए।

लिग अन्तर्गत होबार्टले आफ्नो तेश्रो खेल १४ डिसेम्बर ( मंगलबार ) पर्थ स्कर्चर्स बिरुद्ध खेल्नेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]