बीसीबीले सेनासँग माग्यो सुरक्षाको प्रत्याभूति

एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीबार बंगलादेशी सेनाका चिफ अफ स्टाफ जनरललाई पत्र लेख्दै आगामी महिनाबाट सुरु हुने महिला टि ट्वान्टी विश्वकपका लागि सुरक्षाको माग गरेको छ ।

बिसीबीले सेनाका चिफ अफ स्टाफ जनरल वाकर–उज–जमानलाई पत्र लेख्दै सेप्टेम्बर २७ देखि अभ्यास खेलसँगै सुरु हुने प्रतियोगितासञ्चालनका लागि सुरक्षाको प्रत्याभूति माग गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले समेत बंगलादेशको अवस्थालाई नजिकबाट नियालिरहेको छ । अन्य आयोजक विकल्पहरूमा पनि विचार गरिरहेको छ । यदि प्रतियोगिता सारिने भयो भने, बंगलादेश को समय मिल्ने एक देश को चयनमा आइसिसीले साचिरहेको छ । भारत, संयुक्त अरब इमिरेट्स (युएई) र श्रीलंकालाई विकल्पको रुपमा लिईएको छ ।

बिहीबार नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार बनाईएको छ । यस सरकारलाई नयाँ निर्वाचन नभएसम्मका लागि देशको मामिला सञ्चालन गर्नेछ । प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि बीसीबीका अध्यक्ष नजमुल हसनसहित धेरै बोर्ड निर्देशकहरू पनि हसिनाको पार्टी अवामी लिगको समर्थनका कारण बङ्गलादेश छोड्न बाध्य भएका थिए ।

यद्यपि, बोर्डका केही सदस्यहरू भने ढाकामा रहेका छन् । अक्टोबर ३ देखि २० सम्म ढाकाको शेर–ए–बंगला राष्ट्रिय क्रिकेट रङ्गशाला र सिलेटको सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १० टोलीले विश्वकपको १८ दिनमा सम्म खेल्ने तालिका रहेको छ ।

बीसीबीका अम्पायर कमिटीका अध्यक्ष इफ्तेखार अहमद मिठूले भने, ‘हामी प्रतियोगिता आयोजना गर्ने प्रयासमा छौं । इमान्दारीका साथ भन्ने हो भने हामीबीच देशमा धेरै मानिस उपस्थित छैनन् र बिहीबार (अगस्ट ८) हामीले सेना प्रमुखलाई आइसिसी महिला टी–२० विश्वकपको सुरक्षाको आश्वासनबारे पत्र पठाएका छौं ।’

‘आइसिसीले दुई दिनअघि हामीसँग कुराकानी गरेको थियो र हामीले चाँडै नै उनीहरूकहाँ फर्किने जवाफ दिएका थियौँ। आज (अन्तरिम) सरकार गठन भइसकेपछि पनि हामीले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिनैपर्छ । उनीहरू (सेना) बाट लिखित आश्वासन प्राप्त भएपछि हामी आईसीसीलाई सुचित गर्नेछौं,’ उनले थपे ।

आइसिसीले अगष्ट १० सम्म समय लिएर बंगलादेशको मैदानको अवस्था हेरेर प्रतियोगिता स्थलबारे निर्णय लिने बताइएको छ ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]