टि-२० विश्वकप बारे अन्तिम निर्णय दिन भारतीय बोर्डलाई आईसीसीले तोक्यो समय सिमा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले यो वर्ष आईसीसी टि-ट्वान्टी विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएता पनि देशमा कोरोना महामारी फैलिएको कारण अझसम्म पनि बिसीसीआईले प्रतियोगिता आयोजना स्वदेशमै गर्ने या बाहिर गर्ने निर्णय गर्न सकेको छैन। मे २९ तारिखमा बसेको बिसीसीआईको विशेष साधारण सभाले पनि यो बारे निर्णय गर्न सकेन। यो वर्ष अक्टोबर/नोभेम्बरमा टि-ट्वान्टी विश्वकप आयोजना हुने पूर्वनिर्धारित तालिका रहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको जुन १ तारिखमा बसेको बोर्ड बैठकले भारतलाई टि-ट्वान्टी विश्वकप आयोजना भारतमा गर्ने बारे अन्तिम निर्णय दिन जुन २८ तारिखसम्मको समय सिमानै तोकेको छ।

मंगलबार दुबईमा बसेको आईसीसीको बोर्ड बैठकमा टि-ट्वान्टी विश्वकप बारे चर्चा भएको थियो। भारतीय बोर्डले पनि साधारण सभापछि टि-ट्वान्टी विश्वकप बारे महिनाको अन्त्यसम्म निर्णय दिने बताएको थियो।

भारतमा कोरोना महामारीको बीचमा सुरु गरिएको इण्डियन प्रिमियर लिगको १४ औं सिजन २९ वटा खेल खेलिएपछि अनिश्चितकालको लागि स्थगित गर्नु परेको थियो। प्रतियोगितामा सहभागी खेलाडीहरुलाई कोरोना संक्रमण देखिएपछि प्रतियोगिता स्थगित गर्ने निर्णय लिईएको थियो। अब आईपीएल सेप्टेम्बर-अक्टोबरमा युएईमा आयोजना गरिनेछ।

अन्तिम पटक सन् २०१६ मा भारतमा टि-२० विश्वकप आयोजना भएको थियो

भारतीय क्रिकेट बोर्ड टि-ट्वान्टी विश्वकप भारतमै आयोजना गर्ने पक्षमा छ त्यसैले अझै निर्णय लिन केहि समय चाहन्छ। यदी भारतमा जुनको अन्तिम सम्म कोरोना महामारीको अवस्था सुधार भएन भने प्रतियोगिता युएईमा आयोजना हुन सक्नेछ।

बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले कोभीड-१९ ले निम्त्याएको वर्तमान परिस्थिति सुधार नभएको अवस्थामा युएईलाई ब्याकअप आयोजना स्थलको रुपमा राखिएको बताएका छन्-

“बिसीसीआईले कोभीड-१९ को परिस्थिति कस्तो हुनेछ हेर्न समय दिईएको हो। यदी परिस्थिति सुधार नभएको खण्डमा हामीले युएईलाई ब्याक-अप आयोजनास्थलको रुपमा राखेका छौँ।”

टि-ट्वान्टी विश्वकपको आयोजना पछिल्लो पटक सन् २०१६ मा आयोजना भारतमा आयोजना भएको थियो जुन वेस्टइन्डिजले जितेको थियो। त्यसपछि सन् २०२० अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुनुपर्ने विश्वकप कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो। सन् २००७ देखि २०१६ सम्म टि-ट्वान्टी विश्वकपको ६ वटा संस्करण आयोजना भैसकेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/

https://wicketnepal.com/odi-supear-league-debut-net-wn21/

https://wicketnepal.com/karan-kc-9-best-bowling-spell/

https://wicketnepal.com/jaba-nepal-2-ball-ma-jiteko-thyo/

https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]