IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई नयाँ टिमको लागि बोलि लगाइएको थियो।

दुई नयाँ टिमबाट आईपीएलले १२ हजार ७ सय १५ करोड भारु ( २०,३४४ करोड नेपाली रुपैयाँ ) भन्दा बढी कमाउने भएको छ जुन आशा गरिएको भन्दा निकै धेरै हो।

लखनऊ टिमको लागि सन्जिब गोयन्का ग्रुपले ( आरपीएसजी ) ७ हजार ९० करोड भारु ( ११,३४४ करोड नेपाली रुपैयाँ ) बोलि लगायो। गोयन्का ग्रुपले यस अघि राइजिंग पुने सुपर जायन्ट्स टिम किनेको थियो। यस्तै अहमदावादको लागि भारत बाहिरको कम्पनि सिभिसी ग्रुपले ५६०० करोड भारु ( ९ हजार करोड भारु ) बोलि लगायो।


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले दुई नयाँ टिमबाट करोड ७ देखि १० हजार करोड भारु ( ११ हजार करोड देखि १६ हजार करोड नेपाली रुपैयाँ ) सम्मको बोलि लाग्ने आशा गरेको थियो। तर कमाई १२ हजार ७ सय १५ करोड भारु ( २०,३४४ करोड नेपाली रुपैयाँ ) भन्दा माथि हुने भएको छ। सन्जिब गोयन्का ग्रुपले लखनऊको लागि यति धेरै बोलि लगाएर सबैलाई चकित बनाएको छ।

आईपीएलको टिमको रेसमा ६ शहरको नाम थियो जसमा अहमदावाद, लखनऊ, कटक, धर्मशाला, गुवाहाटी, इन्दौर सामेल थियो। जसले सबैभन्दा बढी बोलि लगाउनेछ त्यसैसंग आफ्नो शहर र टिम चुन्ने स्वतन्त्रता दिईएको थियो।

आईपीएलको दुई नयाँ टिम किन्ने रेसमा म्यानचेस्टर युनाइटेडको मालिक ग्लेजर परिवार, नविन जिन्दल, अडानी ग्रुप , कोटाक ग्रुप, सीविसी पार्टनर, ग्रुप एम, रणवीर सिंह र दिपिका पादुकोण जस्ता समुहहरु रेसमा रहेका थिए। अन्त्यमा गोयन्का ग्रुप र सिभिसी ग्रुपले बाजी आफ्नो पक्षमा पार्यो।

आईपीएलमा पहिलो पटक १० टिम सहभागी हुन् लागेका भने छैनन्। यस अघि सन् २०११ मा १० तन सहभागी थिए। त्यो बेला पुने वारियर्स र कोच्ची टस्कर्सलाई समाबेश गरिएको थियो। कोच्चीलाई विवाद पछि एउटा सिजन पछि हटाइएको थियो। २०१४ पछि पुनः आईपीएलमा ८ टिम खेल्न थालेका हुन्।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]