बेलायती प्रशिक्षक द्वारा मधेश प्रदेश स्तरिय क्रिकेट काेचलाई प्रशिक्षण

राजबिराज १४, फाल्गुन

नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट सँघकाे आयोजनामा मधेश प्रदेशस्तरिय क्रिकेट प्रशिक्षकलाई बेलायती प्रशिक्षक द्वारा दुई दिने प्रशिक्षण गरिदैछ।

शनिवार देखी राजबिराज स्थित पबि माबि खेल मैदानमा मधेश प्रदेशका विभिन्न जिल्ला वाट अाएका महिला र पुरूष सम्मलित २५ जना क्रिकेट काेच लाई बेलायती काेच द्वारा प्रशिक्षण दिन लागेकाे हाे।

मधेश प्रदेश मा काेचहरूकाे उत्पादन तथा उनीहरूकाे क्षमता अभिबृद्विका लागि र दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने उदेश्यले दुई दिने प्रशिक्षण कार्यक्रम गर्न लागेकाे सप्तरी क्रिकेट सँघ का अध्यक्ष अायुष श्रेष्ठले बताउनु भयाे।

साे तालिममा बेलायत स्थित ईंग्लयान्ड क्रिकेट बाेर्डकाे लेवल थ्रि काेच लिबुथ र सारा बेग, साथै बेलायत काे लर्ड स्थित मारलिब्राेन का निर्देशक एगंगुस बेरी ले प्रशिक्षित गर्दै छन।

जिल्लामा पुरूष र महिलाहरू लाई क्रिकेट प्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनु का लागि र जिल्ला काेचकाे उत्पादन र क्षमता अभिबृद्विका तथा खेलाडीहरू उत्पादन गर्ने उदेश्यले प्रशिक्षित गर्न लागेकाे क्रिकेट सँघका सचिव चन्दनकुमार यादब ले बताउनु भयाे।

नेपाल क्रिकेट फाउन्डेशन का कार्यकारी निर्देशक अभिशेक श्रेष्ठ र बाेर्डका सदस्य बिना झा काे उपस्थितिमा प्रशिक्षण गर्न लागेकाे हाे।

यस अघि फाल्गुन ८ गते देखि १२ सम्म मधेश प्रदेश का ३५ जना महिला खेलाडीहरूलाई समेत प्रशिक्षण सम्पन्न गरेकाे फाउन्डेशनका निर्देशक अभिषेक श्रेष्ठले बताउनु भयाे ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]