दोश्रो टेस्ट अघि इंग्ल्यान्डलाई झट्का, सिरिज छोडेर बेन स्टोक्स न्युजिल्यान्ड जाने

पाकिस्तान बिरुद्ध घरेलु मैदानमा भैरहेको तिन टेस्टको सिरिजको बीचमा इंग्ल्यान्ड क्रिकेट टिमलाई ठुलो झट्का लागेको छ। टिमका महत्वपूर्ण सदस्य बेन स्टोक्सले सिरिजको आगामी २ खेल नखेल्ने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले आफ्नो ट्वीटरमा एक पोस्ट गर्दै पारिवारिक कारणले स्टोक्सले सिरिज गुमाउने बताएको छ। कस्तो पारिवारिक कारण हो भने खुलाइएको छैन। विश्व नम्बर-१ टेस्ट अलराउण्डर स्टोक्स यसै साता न्युजिल्यान्ड प्रस्थान गर्नेछन्।

“स्टोक्सले इंग्ल्यान्डको पाकिस्तान बिरुद्ध आगामी २ वटा टेस्ट गुमाउनेछन्। १३ र २१ अगस्ट देखि दोश्रो र तेश्रो टेस्ट सुरु हुनेछ।” इंग्ल्यान्ड क्रिकेट बोर्डले जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ।

“इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड तथा स्टोक्स परिवार अनुरोध गर्दछ कि उनको नितान्त व्यक्तिगत पारिवारिक समयको सम्मान गर्नुहोला।”


न्युजिल्यान्डमा बस्ने गर्छन् स्टोक्सको परिवार 

स्टोक्सको परिवार न्युजिल्यान्डमा बस्ने गर्छ जहाँ स्टोक्स जानेछन्। न्युजिल्यान्डमा जन्मेका स्टोक्स इंग्ल्यान्डको लागि खेलेता पनि परिवार भने न्युजिल्यान्डमै बस्ने गर्छन। उनि १२ वर्षको उमेर देखि इंग्ल्यान्डमा बस्न थालेका थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

रोमान्चक टेस्टमा इंग्ल्यान्ड ३ विकेटले विजयी, बटलर र वोक्सको उत्कृस्ट ब्याटिंग

जारि टेस्ट सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई पहिलो खेलमा ३ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता हाँसिल गरेको थियो। यस अघि वेस्टइन्डिज बिरुद्धको टेस्ट सिरिजमा २-१ को जित हँसिल गरेको इंग्ल्यान्डको लागि स्टोक्सले उत्कृस्ट अल-राउण्ड प्रदर्शन गरेका थिए। पाकिस्तान बिरुद्ध पहिलो टेस्टमा ५ विकेट लिएका स्टोक्सले ब्याटिंगमा भने मात्र ९ रन बनाउन सकेका थिए।

धेरैले पढेको :-

इंग्ल्यान्डसंग हार पछि अक्रमद्वारा पाकिस्तान कप्तानको आलोचना

युजभेन्द्र चाहलले सार्वजनिक गरे आफ्नो जीवनसाथी

सिपिएल टि-२० : कुन टिममा को-को छन् खेलाडीहरु





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]