EPL 2nd Qualifier : भैरहवाद्वारा पोखरालाई सामान्य लक्ष्य

२०७८ आश्विन २१, बिहीबार १४:१६

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोश्रो क्वालीफायरमा भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गरिरहेका छन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिंग गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाउदै पोखरालाई १२० रनको लक्ष्य प्रस्तुत गरेको छ।

भैरहवाको लागि कप्तान शरद भेसावकरले सर्वाधिक ३२ रन बनाए जुन क्रममा अविजित रहने क्रममा ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै आरिफ शेखले २७, रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ तथा उपुल थारांगाले १० रन बनाए। ५१ रनको योगफलमा ५ विकेट गुमाएको अवस्थामा कप्तान शरद भेसावकर र आरिफ शेखले ४१ रनको साझेदारी गरे। आरिफको विकेटपछि शरदले धम्मिका प्रशादसंग सातौं विकेटको लागि

पोखरा राइनोजको बलिंगमा किशोर महतो ( ४-१-२१-२ ) , सहान अरचिगे ( ४-०-१५-२ ) ले समान २ विकेट तथा असला गुनरत्ने ( २-०-१२-१) र नन्दन यादवले ( ४-१-१९-१ ) समान १ विकेट लिए।

लिग चरणमाको अंकतालिकामा भैरहवा र पोखराको अंक समान हुँदा नेट रन रेटमा भैरहवा अघि थियो। तर पोखराको ३ वटा जित र भैरहवाको २ वटा जित हुँदा धेरै खेल जितेको आधारमा पोखराले पहिलो क्वालीफायरमा स्थान बनाएको थियो। पोखरा राइनोज हालसम्म ईपीएलको फाइनल प्रवेश गरेको छैन भने भैरहवाले यस अघिको दुई वटै संस्करणको फाइनल पुगेता पनि उपाधि जित्न भने चुकेको थियो। गत सिजन भैरहवा फाइनलमा ललितपुर पेट्रिएट्ससंग तथा त्यस अघि बिराटनगर वारियर्ससंग पराजित भएको थियो। पोखरा गत सिजन पहिलो चरणबाट बाहिर भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy