सन्नी पटेलले ५ विकेट लिंदा भैरहवा ९२ रनमै समेटियो

Sunny Patel
  • विकेटनेपाल, पौष-१ , आइतबार 

भारतीय क्रिकेटर सन्नी पटेलले शानदार बलिङ्ग गर्दै ५ विकेट लिए पछि ललितपुर प्याट्रीएट्सले भैरहवा ग्ल्याडीएटर्सलाई ९२ रनमै सिमित गरेको छ। दुवै टिम लिग चरण अन्तर्गत अन्तिम अर्थात् पाँचौ खेल खेलीरहेका छन्।

लिगको अंकतालिकामा दुवै टिमले ४/४ खेल खेल्दा दुबै टिमले ३ जित र १ हार बेहोर्दै ६ अंक बटुलेको छ भने समान खेल र नतिजा सहित काठमाडौँ किंग्स पनि रहेको छ। बलियो नेट रनरेट सहित ललितपुर ( १.६२२ ) तालिकाको पहिलो स्थानमा रहेको छ भने दोश्रो स्थानमा भैरहवा ( ०.११ ) र तेश्रो स्थानमा काठमाडौँ ( -०.६९९ ) सहित रहेको छ।

ललितपुर र भैरहवा बीच विजयी हुने टिमलेनै लिगको शिर्ष स्थानमा आउने सम्भावना रहेकोले दुवै टिमले यसलाई महत्वपूर्ण खेलको रुपमा लिएका छन्।

सन्नीको शानदार बलिङ्ग 

खेलमा टस हारेर ब्याटिंग गरेको भैरहवाले अत्यन्त खराब सुरुवात सुरुवात गर्यो। ओपनरको भूमिकामा यस अघि आएका हरिशंकर शाह र कुशल मल्ल असफल भएपछि मोहम्मद नबिदलाई ओपनिङ्ग गराउने टिमको रणनीति सफल हुन सकेन। नबिद २ रनमै दोश्रो ओभरमा सन्नी पटेलको बलमा स्टम्पिङ्ग आउट भए भने प्रतियोगितामा फ्लप शिलशिला कायम राख्ने क्रममा प्रदिप ऐरि पनि २ रनको व्यक्तिगत स्कोरमै चौथो ओभरमा सन्नी पटेलकै बलमा बोल्ड भए।

Sunny Patel, Gyanendra Malla
Sunny Patel, Gyanendra Malla

उत्कृस्ट लयमा रहेको रभी इन्दर सिंहले केहि आक्रामक सट खेल्दै पुनः  ब्याटिंगको नेतृत्व गर्न खोजे पनि सातौँ ओभरमा २५ रन ( ३ चौका र २ छक्का ) बनाएर आउट हुन पुगे। लगतै ओभरमा कप्तान शरद भेसावकर पनि १ रन बनाएर आउट हुँदा टिम ४०/४ को नाजुक अवस्थामा पुग्यो। रभीलाई योगेन्द्र सिंह कार्कीले बोल्ड गरे गरे शरदलाई सन्नी पटेलले एलबिडब्लु धरापमा पारे।

त्यसपछि पनि भैरहवाको विकेट शिलशिला रोकिएन। आरिफ शेख ४ रन बनाउदा ललित राजबंशीको बलमा बोल्ड भए। भैरहवाले ५ विकेट गुमाउदा ४९ रन ( १०.१ ) मात्रै बनाउन सक्यो।

एउटा किनार सम्हालीरहेका रायन टेन डेस्काटेले छैठौं विकेटको लागि रोहित पौडेलसंग ३४ रनको साझेदारी गर्दै टिमलाई उकासे। तर डेस्काटे १६ औं ओभरमा आउट हुँदा पुनः भैरहवाले लगातार विकेट गुमायो। डेस्काटेले ३७ रन ( ३६ बलमा १ छक्का र ३ चौका ) बनाएर योगेन्द्र कार्कीको बलमा क्याच आउट भए।

Rashid Khan
Rashid Khan

डेस्काटेको विकेटपछि रोहित पौडेल ( ७ ) र भुवन कार्की ( ० ) , कुशल मल्ल ( ३ ) र कृष्ण कार्की ( ४ ) ले लगातार विकेट गुमाउन पुगे। फल स्वरूप १९ ओभरमा ९२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।  स्कोरकार्ड 

सन्नी पटेलले अन्तिममा कृष्ण कार्की र कुशल मल्लको विकेट लिंदै आफ्नो ५ विकेट पुरा गरे। प्रतियोगितामै ५ विकेट लिने पनि सन्नी पहिलो बलर बनेका छन्। ४ ओभर बलिङ्ग गर्दा सन्नीले १२ रन खर्चिए।

राशिद खान ( ४-०-१४-२ ) र योगेन्द्र सिंह कार्कीले ( ३-०-६-२ ) ले २/२ विकेट लिंदा ललित राजबंशीले १ विकेट ( ४-०-२१-१ ) लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]