रोमान्चक खेलमा भैरहवासंग बिराटनगर पराजित , मोहम्मद नबिद उत्कृस्ट

  • विकेटनेपाल, मङ्सिर-२६ , बुधबार 

अन्तिम ओभरसम्म पुगेको रोमान्चक खेलमा पारस खड्का कप्तानीको बिराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै इपिएल टि-२० मा शरद भेसवकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सले लगातार तेश्रो जित हात पारेको छ।

लिगमा यस अघि पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरिसकेको भैरहवा ३ जित सहित ६ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। यस अघि लगातार २ जित हात पारेको बिराटनगर भने १ हारपछि  ४ अंक सहित  तालिकाको तेश्रो स्थानमा यथावत रहेको छ। ३ खेलमा २ जित र १ हार बेहोरेको ललितपुर प्याट्रीएट्स दोश्रो स्थानमा रहेको छ। चौथो स्थानमा १ खेलमा १ जित सहित काठमाडौँ किंग्स ११ रहेको छ भने, ३ खेलमा ३ वटै हार बेहोरेको चितवन र पोखरा पाँचौ र छैठौं स्थानमा छ।

खेलमा टस हारेर ब्याटिंग गरेको बिराटनगर वारीयर्सले ९१ रन मात्रै बनाउन सकेको थियो। ९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले १९.४ ओभरमा लक्ष्य पुरा गर्यो।

रोमान्चक अन्त्य 

९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले पनि आत्मविश्वासी सुरुवात गर्न सकेन र निरन्तर विकेट गुमाउदै गर्दा अन्तिमसम्म दबाबमा रह्यो।

१८ ओभरको समाप्तिसम्म भैरहवाको स्कोर ८३/६ थियो र जित सहज देखिएको थियो र जितको लागि २ ओभरमा ९ रन मात्रै बाँकी थियो। तर देब्रे हाते स्पिनर रोबिन क्षेत्रीले गरेको १९ औं ओभरको पहिलो बलमा भेसावकर ठुलो सट खेल्ने चक्कारमा बोल्ड हुँदा भैरहवा दबाबमा आएको थियो। रोबिनको उक्त ओभरमा ३ रन मात्रै बन्यो जसकारण अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक रह्यो।

अन्तिम ओभरमा बलिङ्ग गर्न पारस खड्का आफै आए। ओभरको पहिलो बलमा मोहम्मद नबिदले १ रन मात्रै लिन सके। ओभरको दोश्रो र तेश्रो बलमा रोहित पौडेलले २/२ रन लिए र स्कोर बराबर गराए। १ रन बाँकी रहेको अवस्थामा रोहितले उक्त रन लिंदै अन्ततः भैरहवालाई राहतको स्वास फेराए। स्कोरकार्ड 

भैरहवाको ब्याटिंगमा ओपनर प्रदिप ऐरि र कुशल मल्लले क्रमश: १० र ७ रन बनाए। त्यसपछि रभी इन्दरसिंहले १२ रनमै विकेट गुमौदा ८.५ ओभरमा ४३/३ पुगेको योगफललाई शरद भेसावकर र रायन टेन डेस्काटेले चौथो विकेटको लागि ३३ रनको साझेदारी गर्दै उकासे। डेस्काटे २० रन बनाएर आउट भए लगत्तै आरिफ शेख १ रन बनाएर आउट हुन पुगे। शरद भेसावकर पनि १६ रनमा आउट हुँदा टिम समस्यामा परेको थियो।

रोहित पौडेलले अविजित ७ तथा मोहम्मद नबिदले अविजित ३ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।

बिराटनगरको लागि उत्कृस्ट बलिंग गर्ने क्रममा रोल्फ भान डर मर्वेले २ विकेट लिन ४ ओभरमा १ मेडन गर्दै १० रन मात्रै खर्चिए। यस्तै करन केसी ( ४-०-१८-१ ) , भान मिकिरन ( ४-०-२०-१ ) , बसन्त रेग्मी ( ४-०-२२-१ ) र रोबिन क्षेत्रीले ( ३-०-१२-१ ) पनि १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच पहिलो इनिंगमा ४ विकेट ( ४-०-१४-४ ) लिएका मोहम्मद नबिद घोषित भए।

बिराटनगरको कमजोर ब्याटिंग  

टियु मैदानमा टस जितेर भैरहवाले पहिले बलिङ्ग गर्ने निर्णय गरेपछि बिराटनगरले अत्यन्त खराब सुरुवात गर्यो।

ओपनिङ्ग ब्याटिंग गर्न आएका कप्तान पारस खड्का दोश्रो ओभरमा कृष्ण कार्कीको बलमा शरद भेसावकरबाट समातिन पुगे भने लगत्तै ओभरमा अर्का ओपनर अनिल साहलाई मोहम्मद नाबेदले क्याच आउट गराए। त्यसै ओभरमा नाबेदले आसिफ शेखलाई पनि विकेटकिपरको हातमा क्याच आउट गराउदा वारियर्सको स्कोर ६ रनमा ३ विकेट ( २.५ ओभर ) पुग्यो। पारस १ रन, अनिल ४ रन तथा आसिफ खाता नखोली आउट भए।

Mohammad Naveed
Mohammad Naveed

त्यस लिगमा पहिलो खेल खेलीरहेका हंगकंग राष्ट्रिय क्रिकेटर बाबर हायातले पनि बिराटनगरलाई  ठुलो योगदान दिन सकेनन्। ६ रन बनाएका हायातलाइ कृष्ण कार्कीले छैठौं ओभरमा क्याच आउट गराए।

१५ रन बनाएका सुमित महर्जन रायन टेन डेस्काटेको बलमा क्याच आउट भए भने एउटा किनार सम्हालीरहेका रोल्फ भान डर मर्वे पनि २५ रनको व्यक्तिगत स्कोरमा अविनाश बोहराको बलमा विकेटकिपरको हातबाट क्याच समातिन पुगे।

६४ रनमा ६ विकेट गुमाएको बिराटनगरको लागि अन्तिम आशा बनेका करन केसी जो अघिल्लो खेलमा प्लेयर अफ द म्याच समेत बनेका थिए उनले १८ रनको इनिंग खेल्दै टिमलाई अघि बढाउने प्रयास गरे। तर शरद भेसवकरले उनलाई १४ औं ओभरमा पेभेलियनको दिशा देखाउदा टिम झन् समस्यामा पर्यो। करनले १५ बलमा १ छक्का र १ चौका हिर्काए।

करनको विकेट पछि तल्लो क्रममा ब्याटिंग गरेका हरि चौहानले अविजित १३ रन बनाए पनि बसन्त रेग्मी ( ५ ) , रोबिन क्षेत्री ( ० ) र भन मिकिरन ( २ ) ले खास योगदान दिन सकेनन्।

फलस्वरूप बिराटनगरले १८.४ ओभरमा ९१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

उत्कृस्ट बलिङ्ग गरेका भैरहवा बलर मोहम्मद नबिदले ४ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए भने कृष्ण कार्की र अविनाश बोहराले २/२ विकेट लिए। कार्कीले ४ ओभरमा १९ रन तथा बोहराले ३.४ ओभरमा १८ रन खर्चिए। यस्तै रायन टेन डेस्काटेले १ विकेट लिए।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]