ब्याटिंग नचल्दा चितवनको तेश्रो हार, भैरहवाको लय कायमै

  • विकेटनेपाल, मङ्सिर – २५ , मंगलबार 

एभरेस्ट प्रिमियर लिग ( इपिएल ) टि-२० अन्तर्गत चौथो दिनको दोश्रो खेलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सले पृथु बास्कोटा कप्तानीको चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको छ।

प्रतियोगितामा भैरहवाको यो लगातार दोश्रो जित हो भने चितवन टाइगर्सको लगातार तेश्रो हार हो। भैरहवाले यस अघि पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको थियो। यस्तै चितवन टाइगर्सले यस अघि काठमाडौँ किंग्स ११ र ललितपुर प्याट्रीएट्ससंग हार बेहोरेको थियो।

खेल पछि इपिएलको चौथो दिन समाप्तिमा ललितपुर प्याट्रीएट्स ३ खेलमा २ जित र १ हार बेहोर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। २ खेलमा २ वटै जित हात पार्दै ४ अंकनै भए पनि नेट रन रेटको आधारमा भैरहवा दोश्रो र बिराटनगर वारियर्स तेश्रो स्थानमा रहेको छ। एक खेल खेल्दा जित हात पारेको काठमाडौँ चौथो स्थानमा छ भने ३/३ वटा हारको साथ चितवन र पोखरा पाँचौ र छैठौं स्थानमा रहेको छ।

चितवनको कमजोर ब्याटिंग       

लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात पाएको चितवनको लागि ओपनर पल स्टरलिङ्गले आक्रामक सुरुवात दिलाए। २३ बलमा ५ चौका र २ छक्का हिर्काएका स्टरलिङ्ग पहिलो विकेटको रुपमा ४.१ ओभरमा आउट भए। उनलाई रायन टेन डेस्काटेले विकेट किपर प्रदिप ऐरिबाट क्याच आउट गराए। स्टरलिङ्गको विकेट पछि अर्का ओपनर सन्दिप सुनार पनि ९ रन ( ८ बल, २ चौका ) बनाएर भुवन कार्कीको बलमा एलबिडब्लु आउट भए।

दुवै ओपनरलाई गुमाएपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान पृथु बास्कोटा पनि ३ रन बनाएर रबि इन्दर सिंहको बलमा विकेटकिपर ऐरिको हातबाट समातिन पुगे।

त्यसपछि पनि चितवनको विकेट जाने शिलशिला थमिएन दिपेन्द्र ऐरि ( ३ ) लाई पनि रबि इन्दरले क्याच आउट गराए भने त्यसपछि भिम शार्कीले खाता नखोल्दै रन आउटको रुपमा विकेट गुमाउन पुगे।

सातौँ नम्बरमा ब्याटिंग गर्न आएका दिलिप नाथ पनि २ चौका प्रहार गरे पछि शरद भेसावकरको बलमा १२ रन बनाएर क्याच आउट हुन पुगे। फलस्वरुप ४९/१ को अवस्थाबाट चितवन टाइगर्स थप ५६ रन जोड्दा १४.२ ओभरमा १०५/८ को अवस्थामा पुग्यो।

त्यसपछि तल्लो क्रममा आएका शाहब आलमले अविजित १६ रन बनाए पनि लक्ष्य सम्म पुग्न असफल रह्यो।

भैरहवाका बलर शरद भेसावकर ( ४-०-२४-२ ) तथा रभी इन्द्र सिंहले ( ३-०-२३-२ ) २/२ विकेट लिए भने अविनाश बोहरा , तायाँ टेन डेस्काटे र भुवन कार्कीले १/१ विकेट लिए।  चितवनको २ वटा विकेट भैरहवाले रन आउटको रुपमा लियो।

खेलको प्लेयर अफ द म्याच रायन टेन डेस्काटे घोषित भए।

Ryan Ten Doeschate
Ryan Ten Doeschate

भैरहवाको ब्याटिंग 

यस अघि टस जितेर चितवनले पहिले फिल्डिंग गर्ने निर्णय गरेपछि भैरहवाले ब्याटिंग गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो।

भैरहवाको लागि प्रदिप ऐरि र कुशल मल्लले ओपनिङ्ग साझेदारीको रुपमा ३५ रन जोडे। प्रदिपलाई पाँचौ ओभरमा पृथु बास्कोटाले रन आउट गरे जस अघि उनले १८ बलमा ३ चौका र १ छक्का मदतले २६ रन बनाए। प्रदिपकै बाटो कुशल मल्लले पनि पछ्याउने क्रममा लगातार बलमा पल स्टरलिङ्गले बोल्ड आउट गरे। मल्ल १२ बलमा ३ रन बनाएर आउट भए।

२ विकेट गुमेपछि तेश्रो विकेटको साझेदारीको रुपमा रभी इन्दर सिंह र रायन टेन डोस्काटेले ४५ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए। अघिल्लो खेलमा सिजनकै पहिलो शतक बनाएका रभी इन्दर सिंहलाई ११ औं ओभरमा दिपेन्द्र ऐरिले विकेटकिपर सिम्प्सनको हातबाट क्याच आउट गराए। रभीले २१ बलमा ३ चौका मदतले २५ रन बनाए।

Aarif Sheikh

रभीको विकेटपछि ब्याटिंग गर्न आएका कप्तान शरद भेसावकरले पनि त्यही ओभरमा विकेट गुमाए। १ रन बनाएका उनलाई भिम शार्कीले रन आउट गराए।

एउटा किनार सम्हालीरहेका टेन डोस्काटे पनि ३५ रन ( २५ बल, ३ छक्का र १ चौका ) बनाएर १६ औं ओभरमा सागर ढकालको बलमा आउट हुन पुगे। डोस्काटेको विकेट पछि ढकालले आरिफ शेख ( १८ रन , २० बल, १ चौका र १ छक्का ) र पुनीत मेहरा ( १२ रन ) को पनि विकेट लिए।

पुनित मेहराको विकेट १७.३ ओभरमा गुमे पछि बाँकी ३ वटा विकेट भैरहवाले गुमौदा मात्र १३ रन जोड्न सक्यो। रोहित पौडेल ( ४ ) , कृष्ण कार्की ( ९ ) तथा भुवन कार्की ( ० ) ले योगफलमा खास योगदान दिन सकेनन्।

१५ ओभरमा ११५ मा ४ को अवस्थामा रहेको भैरहवाले १९.३ ओभरमा थप २८ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो। फलस्वरूप भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमौदा १४३ रन बनाउन सक्यो।

चितवन टाइगर्सको लागि लेफ्ट आर्म स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए। यस्तै जर्ज स्कटले २ ( ३.३-०-१३-२ ) तथा दिपेन्द्र ऐरि ( ३-०-३१-१ ), ललित भण्डारी ( २-०-१७-१ ) , पल स्टरलिङ्गले समान १ विकेट लिए। शाहब आलम विकेट विहिन रहंदा ३ ओभरमा २८ रन खर्चिए।

( फिचर फोटो – भैरहवा ग्ल्याडीएटर्स , फेसबुक )





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]