श्रीलंकन टिममा दिनेश चण्डीमालको पुनरागमन

नेपालको घरेलु टि-२० लिग एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीएटर्समा अनुबन्धित भएका श्रीलंकन पूर्वकप्तान दिनेश चण्डीमाललाई श्रीलंकन राष्ट्रिय टिममा फिर्ता बोलाइएको छ।

दक्षिण अफ्रीका बिरुद्धको ६ खेलको सिरिजको लागि दासुन शनाका कप्तानीको २२ सदस्यीय टोलि घोषणा गरिएको छ। ३१ वर्षीय चण्डीमाललाई यो वर्ष मार्चमा वेस्टइन्डिज बिरुद्ध सिरिजमा खराब प्रदर्शन पछि टिमबाट बाहिर राखिएको थियो। त्यसपछि उनले इंग्ल्यान्ड र भारत बिरुद्ध सिरिज गुमाएका थिए। श्रीलंकन घरेलु टि-२० मा राम्रो प्रदर्शन पछि चण्डीमाललाई फिर्ता बोलाइएको हो। टिममा अनक्याप्ड खेलाडी पुलिना थरंगा र महेश थिक्शानालाई पनि समाबेश गरिएको छ।

श्रीलंकाले दक्षिण अफ्रीका बिरुद्ध सेप्टेम्बर २ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ भने जसपछि सेप्टेम्बर १० तारिख देखि १४ तारिखसम्म टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलिनेछ। त्यसपछि श्रीलंकाले अक्टोबर ७ तारिख देखि ओमानसंग उसको घरेलु मैदानमा दुई वटा टि-२० सिरिज खेल्नेछ।


घोषित श्रीलंकन टिम : Dasun Shanaka (c), Dhananjaya De Silva, Kusal Perera, Dinesh Chandimal, Avishka Fernando, Bhanuka Rajapaksa, Pathum Nissanka, Charith Asalanka, Wanindu Hasaranga, Kamindu Mendis, Minod Bhanuka, Ramesh Mendis, Chamika Karunaratne, Nuwan Pradeep, Binura Fernando, Dushmantha Chameera, Akhila Dananjaya, Praveen Jayawickrama, Lahiru Kumara, Lahiru Madushanka, Pulina Tharanga, Maheesh Theekshana.

एभरेस्ट प्रिमियर लिग सेप्टेम्बर २५ तारिख देखि अक्टोबर ९ तारिखसम्म संचालन हुँदैछ जसमा चण्डीमाल शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सबाट खेल्दैछन्। अक्टोबर ७ तारिख देखि ओमानमा सुरु हुने टि-२० अन्तर्राष्ट्रिय सिरिजमा चण्डीमाल श्रीलंकन टिममा समाबेश भएको खण्डमा चण्डीमालले ईपीएलको खेलहरु गुमाउने सम्भावना रहन्छ।

शरद भेसावकर कप्तानीको भैरहवामा आरिफ शेख, प्रदिप ऐरी, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता र बिकाश आग्री जस्ता नेपाली खेलाडीहरु रहेका छन्। टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमको पूर्व प्रशिक्षक पुबुदु दासानायके रहेका छन्। टिमले अन्य दुई विदेशी खेलाडीको नाम घोषणा गर्न बाँकि रहेको छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]