दुई बलियो टिम बीच शिर्ष स्थान पुग्न प्रतिस्पर्धा

  • विकेटनेपाल, पुष १ गते 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत आइतबार एक मात्र खेलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्स प्रतिस्पर्धा गर्दैछन्। दुवै टिमको यो लिग चरणको अन्तिम खेल हो।

लिगको अंकतालिकामा दुवै टिमले ४/४ खेल खेल्दा दुबै टिमले ३ जित र १ हार बेहोर्दै ६ अंक बटुलेको छ भने समान खेल र नतिजा सहित काठमाडौँ किंग्स पनि रहेको छ। बलियो नेट रनरेट सहित ललितपुर ( १.६२२ ) तालिकाको पहिलो स्थानमा रहेको छ भने दोश्रो स्थानमा भैरहवा ( ०.११ ) र तेश्रो स्थानमा काठमाडौँ ( -०.६९९ ) सहित रहेको छ।

ललितपुर र भैरहवा बीच विजयी हुने टिमलेनै लिगको शिर्ष स्थानमा आउने सम्भावना रहेकोले दुवै टिमले यसलाई महत्वपूर्ण खेलको रुपमा लिएका छन्। खेल दिउसो १ बजे सुरु हुनेछ।

प्रतियोगितामा भैरहवा

लिगको पहिलो खेलमा भैरहवाले पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको थियो। दोश्रो खेलमा चितवनलाई १२ रनले पराजित गरेपछि लगातार तेश्रो जित दर्ता गर्ने क्रममा बिराटनगर वारीयर्सलाई ४ विकेटले पराजित गरेको थियो। चौथो खेलमा जितको लय गुमाएको भैरहवा काठमाडौँ किंग्स ११ संग ७ विकेटले पराजित भएको थियो।

टिमको उत्कृस्ट खेलाडी – रभी इन्दर सिंह 

Ravi Inder Singh
Ravi Inder Singh

भैरहवाका बिदेशी खेलाडी रभी इन्दर सिंह उत्कृस्ट लयमा छन् र प्रतियोगिताकै धेरै रन बनाउने सुचीमा शिर्ष स्थानमा रहेका छन्। ४ खेलमा १ शतक र १ अर्धशतक बनाएका उनले १२४ को औशतले कुल २४८ रन बनाएर टिमको सफलतामा महत्वपूर्ण भूमिका खेलीरहेका छन्। यस क्रममा उनले पोखरा राइनोज बिरुद्ध प्रतियोगिताकै १ मात्र शतक प्रहार गर्ने क्रममा १२५ रन  ( ६०  बल, ८ चौका र १० छक्का ) बनाएका थिए।

प्रतियोगितामा ललितपुर 

प्रतियोगिताको पहिलो खेलमा बिराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएपछि ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई ११ रनले,  पोखरा राइनोजलाई ८ विकेटले र काठमाडौँ किंग्स ११ लाई १० विकेटले पराजित गरिसकेको छ।

टिमको उत्कृस्ट खेलाडी – गौरभ तोमर 

Gaurav Tomar
Gaurav Tomar

लगातार रन बनाईरहेका तोमरले ४ खेलमा विस्फोटक ब्याटिंग गर्दै १९६ रन बनाईसकेका छन्। यस क्रममा उनले काठमाडौँ किंग्स ११ बिरुद्ध अविजित ८० रन, पोखरा राइनोज बिरुद्ध ८२ रन र चितवन टाइगर्ससंग ३० रन बनाएका छन्। बलिङ्ग याक्सनका कारण बलिङ्ग गर्न भने प्रतिबन्ध भोगेका उनले बिराटनगर वारियर्ससंग ३ विकेट लिएका थिए।

 

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]