ईपीएल उपाधिको लागि ललितपुर र भैरहवाको प्रतिस्पर्धा ( सम्पूर्ण जानकारी एकै ठाउँ )

  • विकेटनेपाल, पुष-६ शुक्रबार 

एभरेस्ट प्रिमियर लिग टि-२० को फाइनलमा शनिवार ज्ञानेन्द्र मल्ल कप्तानीको टिम ललितपुर प्याट्रीएट्स र शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिता अन्तर्गत लिग चरणमा ४ जित र १ हार सहित अंकतालिकामा शिर्ष स्थानमा रहँदै प्लेअफ चरण प्रवेश गरेको ललितपुरले पहिलो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई १ विकेटले पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको थियो।

अर्कोतर्फ लिग अंकतालिकामा तेश्रो स्थानमा ३ जित र २ हार सहित रहेको भैरहवाले इलिमीनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले तथा दोस्रो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

खेल सुरु हुने समय : १२:३० बजे (  टियु मैदान किर्तिपुर )
लाइभ कहाँ हेर्ने ? : एपिवान टिभीमा , टिभी उपलब्ध नभए वाउ टाइम, नेट टिभी जस्ता एप तथा विदेशमा हुनु भए नेपालफ्लिक्सको युट्युबमा।

भैरहवा टिम :- शरद भेषावकर(कप्तान), प्रदिप ऐरी, आरिफ सेख, रोहित कुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा , कुशल मल्ल , बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्दर सिंह, रायन टेन डोस्काटे (नेदरल्याण्ड)

ललितपुर टिम :– ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुमित झा, सन्दिप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामाङ, कमल खत्री , सुर्य तामांग , बिदेशी खेलाडी : सन्नी पटेल (भारत), गौरब तोमर (भारत), जयकिशन कोल्सावाला (भारत)

प्रतियोगितामा ललितपुर प्याट्रीएट्सको हालसम्मको नतिजा 

पहिलो खेल :- बिराटनगर वारियर्ससंग ३ विकेटले पराजित , दोश्रो खेल :- चितवन टाइगर्ससंग ११ रनले विजयी ,
तेश्रो खेल :- पोखरा राइनोजसंग ८ विकेटले विजयी , चौथो खेल :- काठमाडौँ किंग्स-११ संग १० विकेटले विजयी ,
पाँचौ खेल :- भैरहवा ग्ल्याडीएटर्ससंग ६ विकेटले विजयी , छैठौं खेल ( क्वालीफायर ) :-  काठमाडौँ किंग्स ११ संग १ विकेटले विजयी

प्रतियोगितामा भैरहवा ग्ल्याडीएटर्सको हालसम्मको नतिजा 

पहिलो खेल :- पोखरा राइनोजसंग ४ विकेटले विजयी,  दोश्रो खेल :- चितवन टाइगर्ससंग १२ रनले विजयी ,
तेश्रो खेल :-
बिराटनगर वारियर्ससंग ४ विकेटले विजयी  , चौथो खेल :- काठमाडौँ किंग्स-११ संग ७ विकेटले पराजित  ,
पाँचौ खेल :- ललितपुर प्याट्रीएट्ससंग ६ विकेटले पराजित, छैठौं खेल ( इलिमीनेटर ) :- चितवनसंग ४ विकेटले विजयी ,
सातौँ खेल ( क्वालिफायर ) :- काठमाडौँसंग ६ विकेटले विजयी

भैरहवा र ललितपुरको इतिहासमा भेट ( हेड टु हेड ) – भैरहवा २ – १ ललितपुर 

हालसम्म ललितपुर र भैरहवाले ईपिएल इतिहासमा ३ पटक खेलेका छन्। ३ मध्ये २ खेलमा भैरहवा र १ खेलमा ललितपुर विजयी भएको छ। सन् २०१७ को ईपिएलमाको लिग चरणको खेलमा भैरहवाले ललितपुरलाई ७ विकेटले तथा सोहि प्रतियोगिताको पहिलो क्वालीफायरमा भैरहवाले ललितपुरलाई ८ विकेटले पराजित गरेको थियो। यो सिजन लिग चरणमा १ खेल खेल्ने क्रममा भने ललितपुरले भैरहवालाई ६ विकेटले पराजित गरेको थियो।

ललितपुरको लागि राम्रो प्रदर्शन गर्ने ५ खेलाडीहरु – 

गौरभ तोमर : भारतीय खेलाडी तोमरले ईपिएलमा ६ खेल खेल्दा कुल २०६ रन बनाएका छन्। यस क्रममा उनले १९६ को स्ट्राइक रेटले ब्याटिंग गरिरहेका छन्। तोमरले लिग चरणमा काठमाडौँ किंग्स-११ बिरुद्ध अविजित ८० रन तथा पोखरा राइनोज बिरुद्ध ८२ रनको इनिंग खेलेका थिए।

सन्नी पटेल : टिमका अर्का भारतीय खेलाडी लेग स्पिनर पटेलले ६ खेलमा १० विकेट लिंदै धेरै विकेट लिने सुचीमा पहिलो स्थानमा रहेका छन्। उनले ४.९५ प्रतिओभर रन खर्चिएका छन्। यस क्रममा उनले भैरहवालाई पराजित गर्दा ५ विकेट तथा चितवन र काठमाडौँ बिरुद्ध २/२ विकेट लिएका थिए।

जयकिशन कोल्सावाला : अर्का भारतीय खेलाडी विकेटकिपर ब्याट्सम्यान कोल्सावालाले कुल १३१ रन बनाएका छन् भने ५ वटा क्याच र  २ वटा स्टम्पिङ्ग समेत गरेका छन्। यस क्रममा उनले पोखरा राइनोजसंग ५१ रन बनाएका थिए भने काठमाडौँसंग अविजित २७ र भैरहवासंग अविजित २२ रन बनाएका थिए।

पवन सर्राफ : प्रतियोगितामा ६ खेलमा कुल ९ विकेट लिएका अफस्पिनर सर्राफले काठमाडौँसंग क्वालीफायरमा ३ विकेट लिएका थिए। यस्तै लिग चरणमा काठमाडौँ र पोखरासंग उनले ३/३ विकेट लिएका थिए।

योगेन्द्र सिंह कार्की :  ५ खेलमा ७ विकेट लिएका मध्यम तिब्र गति बलर कार्कीले क्वालीफायरमा काठमाडौँलाई पराजित गर्दा ३ विकेट लिनुको साथै म्याच जिताउने अविजित २८ रन बनाएका थिए। यस्तै भैरहवा र काठमाडौँसंग लिग चरणमा उनले २/२ विकेट लिने क्रममा किफायती बलिङ्ग पनि गरेका थिए।

भैरहवाको लागि राम्रो प्रदर्शन गर्ने ५ खेलाडीहरु – 

रभी इन्दर सिंह : भारतीय खेलाडी रभीले प्रतियोगिताकै सर्वाधिक रन बनाउने क्रममा ७ खेलमा ३०८ रन बनाएका छन्। उनले १५७ को औशतले रन बनाएका छन्। प्रतियोगितामा उनले पोखरा राइनोज बिरुद्ध सिजनकै एक मात्र शतक बनाउने क्रममा १२५ रन बनाएका थिए भने काठमाडौँ किंग्स-११ अविजित ८६ रन बनाएका थिए।

मोहम्मद नबिद : ५ खेलमा १० विकेट लिएका युएईका फास्ट बलर नबिदले ५.२१ रन प्रतिओभर रन खर्चिएका छन्। यस क्रममा नबिदले बिराटनगर वारियर्ससंग ४ विकेट लिएका थिए भने चितवन टाइगरसंग ३ र क्वालीफायरमा काठमाडौँ किंग्स-११ संग २ विकेट लिएका थिए।

रायन टेन डेस्काटे : नेदरल्याण्ड क्रिकेटर रायनले अल-राउण्ड प्रदर्शन गर्ने क्रममा ब्याटिंगमा ७ खेलमा १६५ रन तथा बलिङ्गमा ७ विकेट लिएका छन्। यस क्रममा उनले क्वालीफायरमा काठमाडौँसंग ४५ रन बनेका थिए भने लिग चरणमा ललितपुरसंग २ विकेट लिनुको साथै ३७ रन पनि बनाएका थिए।

अविनाश बोहरा : तिब्र गति बलर बोहराले ७ खेलमा ७ विकेट लिने क्रममा ५.१७ रन प्रतिओभर खर्चिएका छन्। डेथ ओभरमा राम्रो बलिङ्ग गरिरहेका बोहराले चितवन टाइगर्स र विराटनगर वारियर्ससंग २/२ विकेट लिएका थिए र किफायती बलिङ्ग समेत गरेका थिए।

कुशल मल्ल : युवा खेलाडी कुशल मल्लले इलिमीनेटरमा चितवनसंग अविजित २७ रन बनाएका थिए भने क्वालीफायरमा काठमाडौँ किंग्स-११ संग ३ विकेट लिंदै टिमलाई फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए। मल्ल यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका छन्।

सम्भावित ११ :-

भैरहवा :- शरद भेसावकर ( कप्तान ) , प्रदिप ऐरि, रायन टेन डेस्काटे, रभी इन्दर सिंह, मोहम्मद नबिद, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, भुवन कार्की , अविनाश बोहरा , कृष्ण कार्की

ललितपुर  :- जयकिशन कोल्सावाला, गौरभ तोमर, ज्ञानेन्द्र मल्ल, पवन सर्राफ, कुशल भुर्तेल, सन्दिप जोरा, सन्नी पटेल, योगेन्द्र सिंह कार्की, सोनु तामांग, सुर्य तामांग , ललित राजबंशी





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]