इलिमीनेटरमा भैरहवालाई चितवनको चुनौती, बनाउला टाइगर्सले इतिहास ?

  • विकेटनेपाल, पौष-४ , बुधबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत इलिमीनेटर खेलमा आज दिउसो १२:१५ बजे भैरहवा ग्ल्याडीएटर्स र चितवन टाइगर्स प्रतिस्पर्धा गर्दैछन्। खेलको विजेताले दोश्रो क्वालीफायरमा काठमाडौँ किंग्स-११ को सामना गर्नेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ।

हिजो सम्पन्न पहिलो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई रोमान्चक खेलमा १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रीएट्स फाइनल प्रवेश गरिसकेको छ। शरद भेसावकर कप्तानीको भैरहवा लिग अंकतालिकामा तेश्रो स्थानमा रहँदै तथा चितवन टाइगर्स चौथो स्थानमा रहँदै प्लेअफ चरण प्रवेश गरेको हो।

हेड टु हेड 

अघिल्लो सिजनको १ र यो सिजन १ गरि कुल २ खेल खेल्दा ईपिएलमा चितवनले भैरहवालाई पराजित गर्न सकेको छैन।

जारि प्रतियोगिताको लिग चरणको खेलमा चितवन टाइगर्स लाई भैरहवाले १२ रनले पराजित गरेको थियो जुन क्रममा पहिले ब्याटिंग गर्दै भैरहवाले बनाएको १४३ रनको जवाफमा ब्याटिंग गर्दै चितवन १३१ रनमै समेटिन पुगेको थियो। खेलमा भैरहवाको लागि रायन टेन डेस्काटेले ३५ रन बनाउनुको साथै १ विकेट लिएका थिए।

Ryan Ten Doeschate
Ryan Ten Doeschate

यस्तै गत सिजनको ईपिएलमा पनि भैरहवासंग चितवन ४ विकेटले पराजित भएको थियो। त्यस खेलमा चिवतनले पहिले ब्याटिंग गर्दै दिएको ८८ रनको लक्ष्य भैरहवाले ६ विकेट गुमाएर पुरा गरेको थियो। खेलमा शरद भेसावकरले ३ विकेट लिएर प्लेयर अफ द म्याच चुनिएका थिए।

चितवनको प्रतियोगितामा नतिजा 

पृथु बास्कोटा कप्तानीको चितवनले प्रतियोगितामा लगातार ३ खेलमा पराजय भोगेको थियो। त्यस क्रममा ललितपुर प्याट्रीएट्ससंग ११ रनले, काठमाडौँ किंग्स-११ संग ६ विकेटले, भैरहवा ग्ल्याडीएटर्ससंग १२ रनले पराजित भएको थियो। त्यसपछि भने लगातार २ खेल जित्ने क्रममा टाइगर्सले बिराटनगर वारियर्सलाई ५ रनले तथा पोखरा राइनोजलाई ७ विकेटले पराजित गरेको थियो।

Chitwan Tigers
Chitwan Tigers

चितवनको लयमा रहेका खेलाडी 

आयरल्याण्डका स्टार क्रिकेटर समेत रहेका पल स्टरलिङ्गले प्रतियोगितामा टाइगर्सको लागि अल-राउण्ड योगदान दिंदै कुल १४३ रन बनाउनुको साथै ३ विकेट समेत लिएका छन्। पोखरा राइनोज बिरुद्ध खेल जिताउन उनले ५५ रनको इनिंग खेलेका थिए।

Dipendra Airee , Paul Stirling
Dipendra Airee , Paul Stirling

यस्तै दिपेन्द्र ऐरिले पनि चितवनको ब्याटिंगमा महत्वपूर्ण भूमिका निभाउने क्रममा ५ खेलमा १७५ रन बनाएका छन् जुन क्रममा उनले पोखरा राइनोजसंग अविजित ५४रन बनाएका थिए। प्रतियोगिताको धेरै रन बनाउने सुचीमा पल छैठौं र दिपेन्द्र पाँचौ स्थानमा रहेका छन्।

बलिङ्गतर्फ चितवनका तिब्र गति बलर ललित सिंह भण्डारी, जर्ज स्कट र सागर ढकालले राम्रो प्रदर्शन गरिरहेका छन्। ललितले कुल ९ विकेट लिंदै प्रतियोगिताको धेरै विकेट लिने सुचीमा चौथो स्थानमा रहेका छन् भने ७ विकेट लिएका जर्ज आठौँ र सागर ६ विकेट सहित दशौँ स्थानमा रहेका छन्। ललितले यस क्रममा चितवनको बिराटनगरसंगको जितमा ४ विकेट तथा पोखरा राइनोजसंग २ विकेट लिएका थिए।

Lalit Singh Bhandari
Lalit Singh Bhandari

यस्तै अर्का पेसर जर्जले पोखरा राइनोजसंग ३ विकेट तथा भैरहवा र ललितपुरसंग २/२ विकेट लिएका थिए भने उनि किफायती बलिङ्ग पनि गरिरहेका छन्। लेफ्ट आर्म स्पिनर सगर ढकालले पनि प्रभावित बनाउने क्रममा बिराटनगर र भैरहवासंग ३/३ विकेट लिएका थिए।

भैरहवाको प्रतियोगितामा नतिजा 

प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्ने क्रममा शरद कप्तानीको भैरहवाले लगातार ३ खेलमा जित निकालेको थियो। त्यस क्रममा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दा उसले २१६ को लक्ष्य पछ्याएको थियो। त्यसपछि दोश्रो खेलमा चितवनलाई १२ रनले तथा बिराटनगरलाई तेश्रो खेलमा ४ विकेटले पराजित गरेको भैरहवाले अन्तिम २ खेलमा काठमाडौँसंग ७ विकेटले र ललितपुरसंग विकेटले हार बेहोरेको थियो।

भैरहवाको लयमा रहेका खेलाडी 

प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान रभी इन्दर सिंहले ५ खेलमा २७३ रन बनाउन १५७.८ को स्ट्राइक रेटले रन बनाईरहेका छन्। प्रतियोगिताकै एक मात्र शतक ( १२५* ) पनि सिंहकै नाममा रहेको छ जुन उनले पोखरा राइनोजसंग बनाएका थिए। रभी इन्दर पछि ब्याटिंग र बलिङ्ग दुवैमा रायन टेन डेस्काटेले योगदान दिएका छन्। उनले ५ खेलमा १२० रन बनाउनुको साथै ५ विकेट समेत लिएका छन्।

Ravi Inder Singh
Ravi Inder Singh

बलिङ्गतर्फ भैरहवाका तिब्र गति बलर मोहम्मद नबिदले ३ खेलमा ५ विकेट लिईसकेका छन् जुन करमा उनले बिराटनगरबिरुद्ध खेल जिताउन ४ विकेट लिएका थिए। ब्याटिंगमा काठमाडौँसंग ३९ रन बनाउनु बाहेक खास योगदान दिन नसकेका शरद भेसावकरले बलिङ्गमा भने ५ विकेट लिईसकेका छन्।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]