भक्तविर सिंह इन्डोर टि-१० : लिजेन्ड्सलाई हराउँदै मिक्समाण्डु च्याम्पियन

काठमाडौं । भक्तविर सिंह तुलाधर फाउन्डेसन इन्डोर टि-१० क्रिकेट च्याम्पियनसिपको उपाधी मिक्समाण्डुले जितेको छ ।

शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा मिक्समाण्डुले मिक्समाण्डु लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

मिक्समाण्डुले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको लिजेण्ड्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९७ मात्र बनाउँन सक्यो ।

लिजेण्ड्सका लागि विवेक राना मगरले सर्वाधिक ५३ तथा सुमनले १७ रन बनाए । आदित्य १३ रनमा अविजित रहँदा उत्तम थापा मगरले ५ रन जोडे ।

मिक्समाण्डुका लागि रुपेश श्रीवास्तवले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मिक्समाण्डुले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

मिक्समाण्डुका लागि इशान पाण्डेले ३५ तथा रित गौतमले ३२ रन बनाए ।

च्याम्पियन भएसँगै मिक्समाण्डुले १ लाख ८० हजार नगद, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता लिजेन्ड्सले भने ८० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्यो ।

एभरेष्ट बैंक सर्वोत्कृष्ट ब्याटरमा ब्याकयार्ड ब्रुका सन्देश कार्की चयन भए । कार्कीले ५ हजार नगद प्राप्त गरे ।

जगायो ११ बलर ललित सिंह भण्डारी उत्कृष्ट बलर भए । बलर भण्डारीले नगद ५ हजार प्राप्त गरे ।

एभरेष्ट बैंक उत्कृष्ट फिल्डर महेश विष्ट भए । उनले नगद २ हजार प्राप्त गरे ।

एभरेष्ट बैंक प्लेयर अफ द टुर्नामेन्ट विधान श्रेष्ठले प्राप्त गरे । श्रेष्ठले १० हजार नगद प्राप्त गरे ।

कटिया हाउस प्रालिको आयोजनामा साउन २२ बाट प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको थियो ।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]