महेन्द्रनगर युनाइटेडलाई हराउन धनगढीका ललित बने नायक

Team Chauraha Dhangadi

विकेटनेपाल – २० चैत्र, मंगलवार | धनगढी प्रिमियर लिग अन्तर्गत मंगलवार सम्पन्न एक मात्र खेलमा टिम चौराहा धनगढीले जित दर्ता गरेको छ । प्रतियोगितामा दोस्रो जित हात पार्ने क्रममा धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्यो ।

स्कोरकार्ड

अंकतालिका

टस हारेर पहिले ब्याटिंग गर्ने निम्तो पाएपछि ब्याटिंगमा उत्रिएको महेन्द्रनगरले खराब सुरुवात गरेको थियो । निर्धारित २० ओभरको खेलमा युनाइटेडले ८ विकेट गुमाएर १३१ रन मात्र जोड्न सकेको थियो । सुरुवाती विकेट सस्तैमा गुमाएको महेन्द्रनगरको इनिंगमा पुनित मेहेराले ४० रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानहरुले खासै रार्मो प्रदर्शन गर्न सकेका थिएनन् । मात्र २२ बल खेलेका मेहेराले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

महेन्द्रनगरका ब्याट्सम्यान आउट भएर पभेलियन फर्कंदै

ललित भण्डारीको उत्कृस्ट बलिंगको सामु महेन्द्रनगरका सुरुवाती क्रमका ब्याट्सम्यानहरु जवाफबिहिन देखिएका थिए । महेन्द्रनगर युनाइटेडले आफ्नो पहिलो ५ विकेटमात्र ४७ रन जोड्दा गुमाएको थियो । टोलिका मुख्य ब्याट्सम्यानहरु बिनोद भण्डारी (११), आशिफ शेख (८), आरिफ शेख (०) . हरिशंकर साह (०). रोहित पौडेल (३) चल्न नसक्दा महेन्द्रनगर ठुलो स्कोर बनाउनबाट चुकेको थियो ।

महेन्द्रनगरको ब्याटिंगक्रमलाई ध्वस्त गर्न टिम चौराहा धनगढीका ललित भण्डारी एक्लैले ४ विकेट चट्काए थिए । आफ्नो ४ ओभरको स्पेलमा ललितले ३७ रन खर्चिएका थिए । यस्तै सोमपाल कामीले समेत १ विकेट हात पारेका थिए ।

टिम चौराहा धनगढीलाइ जित दिलाउन रोहन मुस्तफा र सुनिल धमलाले राम्रो ब्याटिंग गरे

जवाफमा १३२ रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको टिम चौराहा धनगढीले १८ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो । धनगढीलाई जित दिलाउन सुनिल धमलाले अविजित ४६ रन जोडे । उनले ४७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । यस्तै रोहन मुस्तफाले समेत ३९ रनको योगदान गरे । महेन्द्रनगरको बलिंगमा अभिनास कर्ण र पुनित मेहेराले १-१ विकेट लिएपनि जित दिलाउन सकेनन्।





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]