न्युजिल्यान्डको उत्कृस्ट पुनरागमन, भारतलाई जडेजाको भरोसा

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल अन्तर्गत तेश्रो दिनको लन्च ब्रेकको खेल समाप्त भएको छ।

लन्च ब्रेकसम्म भारतले पहिलो इनिंग्समा ८९ ओभर ब्याटिंग गर्दा ७ विकेट गुमाएर २११ रन बनाएको छ। तेश्रो दिनको सुरुवात १४६/३ को अवस्थाबाट सुरु गरेको भारतले पहिलो सेसनमा थप ४ विकेट गुमाउन पुग्यो ६५ रन योगफलमा जोड्न सक्यो। ब्याटिंग गर्न गार्हो देखिएको पिचमा क्रिजमा जम्न ब्याट्सम्यानहरुलाई निकै गार्हो देखिएको छ।

दिनको सुरुवातमा ४४ रन बनाएका कोहली र २९ रन बनाएका रहाने लामो समय क्रिजमा जम्न सकेनन्। कोहलीलाई कायल जेमीसनले एलबिडब्लु आउट गरे जस अघि उनले १३२ बलमा १ चौका मद्दतले ४४ रन बनाए। कोहलीको विकेट पछि रिशभ पन्तलाई पनि जेमीसनले मात्र ४ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए। अर्धशतक बनाउन १ रनले चुक्दै रहाने निल वाग्नरको बलमा क्याच आउट भए। रहानेले ११७ बलमा ५ चौका मद्दतले ४९ रन बनाए।

रहानेको विकेटपछि रभीचन्द्रन आश्विनले २७ बलमा ३ चौका मद्दतले २२ रन बनाउदै योगफल २ सय पार गराए। आश्विनलाई टिम साउदीले स्लिपमा क्याच आउट गराए।

सेसनको समाप्तिमा क्रिजमा रभीन्द्र जडेजा १५ रन तथा इशान्त शर्मा २ रन बनाएर खेलीरहेका छन्।

न्युजिल्यान्डको बलिंगमा कायल जेमीसनले ३ विकेट ( २०-१२-२६-३ ) लिएका छन् भने निल वाग्नरले २ विकेट ( १५-५-४०-२ ) तथा टिम साउदी ( २२-६-६४-१ ) र ट्रेन्ट बोल्ट ( २०-४-४६-१ ) ले समान १ विकेट लिएका छन्।

टेस्टमा भारतले टस हारेर ब्याटिंग गरिरहेको छ। टेस्टको पहिलो दिन वर्षाको कारण रद्द भएको थियो।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]