रोहितको कीर्तिमानी शतक पछि भारतको उत्कृस्ट पुनरागमन

भारत र इंग्ल्यान्ड बीच केनिंगटन ओभल लण्डनमा जारी चौथो टेस्टको तेश्रो दिनको खेल समाप्तिमा भारतले दोश्रो इनिंग्समा १७१ रनको अग्रता हाँसिल गरेको छ।

टेस्टको पहिलो इनिंग्समा भारत १९१ रनमा समेटिएपछि इंग्ल्यान्डले पहिलो इनिंग्समा २९० रन बनाउदै ९९ रनको अग्रता हाँसिल गरेको थियो। तेश्रो दिनको समाप्तिमा भारतले दोश्रो इनिंग्समा ९२ ओभर ब्याटिंग गर्दा ३ विकेट क्षेतीमा २७० रन बनाएको छ।

४३/० को अवस्थाबाट तेश्रो दिनको सुरुवात गरेको भारतले पहिलो विकेटको रुपमा केएल राहुललाई गुमायो। ८३ रनको ओपनिंग साझेदारी गरेपछि राहुल १०१ बलमा ६ चौका र १ छक्का मद्दतले ४६ रन बनाएर जेम्स एण्डरसनबाट विकेटपछाडी समातिन पुगे। राहुलको विकेट पछि रोहितले दोश्रो विकेटको लागि चेतेश्वर पुजारासंग १५३ रनको साझेदारी गरे।

इनिंग्सको ८१ औं ओभरमा ओली रोबिन्सनले रोहित र पुजारा दुवैलाई क्याच आउट गराउदै इंग्ल्यान्डलाई खेलमा फर्काए। त्यस अघि रोहितले विदेशी भूमिमा पहिलो तथा करियरको आठौँ टेस्ट शतक पुरा गरे जुन क्रममा २५६ बलमा १४ चौका र १ छक्का मद्दतले १२७ रन बनाए। पुजाराले १२७ बलमा ९ चौका मद्दतले ६१ रन बनाए।  रोहित शर्मा टेस्ट, एकदिवसीय र टि-२० गरि तिन वटै फर्म्याटमा ओपनिंग गर्दै इंग्ल्यान्डमा शतक बनाउने विश्वकै पहिलो ब्याट्सम्यान समेत बनेका छन्।

रोहित र पुजाराको विकेटपछि कप्तान बिराट कोहली र रभिन्द्र जडेजा क्रिजमा अविजित रहेका छन्। कोहलीले ३७ बलमा ४ चौका मद्दतले २२ रन तथा जडेजाले ३३ बलमा २ चौका मद्दतले ९ रन बनाएका छन्।

इंग्ल्यान्डको बलिंगमा ओली रोबिन्सनले २ ( २१-४-६७-२ ) तथा जेम्स एण्डरसनले १ विकेट ( २३-८-४९-१ ) विकेट लिएका छन्।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेलमा भारतले १५१ रनले जितेको थियो। तेश्रो खेल इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जित्दै सिरिज बराबरी गरेको थियो।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]