पहिलो इनिंग्समा भारतलाई १३१ रनको अग्रता

२०७७ पुष १३, सोमबार ०७:३१

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत ४ टेस्ट म्याचको सिरिज अन्तर्गत दोश्रो टेस्ट मेलबर्नमा जारि रहेको छ।

टेस्ट अन्तर्गत पहिलो इनिंगमा अस्ट्रेलिया १९५ रनमा सिमित भएपछि ब्याटिंग सुरु गरेको भारतले पहिलो इनिंग्समा ३२६ रनमा सम्पूर्ण विकेट गुमाएको छ।

दोश्रो दिनको समाप्तिमा २७७/५ को अवस्थामा ब्याटिंग सुरु गरेको भारतले तेश्रो दिन पहिलो सत्रमा थप ५ विकेट गुमाउने क्रममा ४९ रन मात्र योगफलमा जोड्न सक्यो। पहिलो इनिंगमा भारतले १३१ रनको अग्रता पाएको छ।

पहिलो इनिंग्समा १०० रन भन्दा माथिको अग्रता पाएपछि भारतले टेस्ट इतिहासमा मात्र १ पटक टेस्ट हारेको छ। २०१५ मा श्रीलंका बिरुद्ध भारतले १९२ रनको अग्रताको बाबजुद टेस्ट ६३ रनले हारेको थियो।


दोश्रो दिनको समाप्तिमा १०४ रन बनाएका रहाने ११२ रन बनाएर रन आउट हुन पुगे पछि भारतले लगातार विकेट गुमाउन पुग्यो।  रहानेले रभिन्द्र जडेजासंग छैठौं विकेटको लागि १२१ रनको साझेदारी गरे।

अर्धशतक पुरा गरेर ५७ रन बनाएका जडेजालाई मिचेल स्टार्कले क्याच आउट गराए। त्यस पछि तल्लो क्रममा रभीचन्द्रन आश्विनले १४ र उमेश यादवले ९ रन बनाए भने जस्प्रित बुम्राह खाता नखोली आउट भए।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( २६-५-७८-३ ) र नाथन लायन ( २७.१-४-७२-३ ) ले समान ३ विकेट लिए भने प्याट कमिन्सले २ विकेट ( २७-९-८०-२ ) र जोश हेजलवुडले १ विकेट ( २३-६-४७-१ ) लिए।

सिरिजमा अस्ट्रेलिया १-० ले अघि रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy