भारतलाई हारको चिन्ता

इंग्ल्यान्ड र भारत बीच लर्ड्समा जारि दोश्रो टेस्टको चौथो दिनको खेल समाप्तिमा भारतले दोश्रो इनिंग्समा १५४ रनको अग्रता हाँसिल गरेको छ।

दिनको समाप्तिमा भारतले दोश्रो इनिंग्समा ८२ ओभर ब्याटिंग गर्दा १८१ रन बनाउदा ६ विकेट गुमाएको छ। क्रिजमा रिशभ पन्त १४ तथा इशान्त शर्मा ४ रन बनाएर अविजित रहेका छन्।  साथमा बाँकी ४ विकेट मात्र हुँदा भारतले पाँचौ दिन योगफलमा रन थप्न नसके हारको चिन्ता रहेको छ। पाँचौ दिन इंग्ल्यान्ड छिटो भन्दा छिटो भारतको बाँकी ४ विकेट लिंदै सक्दो थोरै लक्ष्य पछ्याउदै सिरिजमा अग्रता हाँसिल गर्न चाहन्छ।

भारतले सुरुवाती ३ विकेट ५५ रनको योगफलमा गुमाउन पुगेको थियो। ओपनर केएल राहुल ५ रन र रोहित शर्मा २१ रन बनाएर मार्क वुडबाट क्याच आउट भए। कप्तान बिराट कोहली २० रन बनाएर स्याम करनबाट विकेट पछाडी क्याच आउट भए। चौथो विकेटको लागि चेतेश्वर पुजारा र अजिंके रहानेले १०० रनको साझेदारी गरे। २०६ बलमा ४ चौका मद्दतले ४५ रन बनाएका पुजारालाई मार्क वुडले क्याच आउट गराउदै इंग्ल्यान्डलाई खेलमा फर्काए। १४६ बलमा ५ चौका मद्दतले ६१ रन बनाएका रहानेलाई मोईन अलिले क्याच आउट गराए। रभिन्द्र जडेजा पनि मात्र ३ रन बनाएर अलिबाट बोल्ड हुन पुगे।

इंग्ल्यान्डको बलिंगमा मार्क वुडले ३ विकेट ( १४-३-४०-३ ) , मोईन अलिले २ ( २०-१-५२-२ ) तथा स्याम करनले १ विकेट ( १५-३-३०-१ ) लिएका छन्।

टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा केएल राहुलको शतक ( १२९ ) मद्दतले ३६४ रन बनाएको थियो। इंग्ल्यान्ड बलर जेम्स एण्डरसनले ५ विकेट लिएका थिए। इंग्ल्यान्डले पहिलो इनिंग्समा जो रुटको शतक ( १८० ) मद्दतले ३९१ रन बनाउदै २७ रनको अग्रता हाँसिल गरेको थियो। भारतीय बलर मोहम्मद सिराजले ४ विकेट लिएका थिए।

पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy