भारतसंग खेल अघि बोल्ट भन्छन् “सबै कुराको लागि तयार छौं”

भारत बिरुद्ध शाहिन अफ्रिदीको घातक स्पेलको एक साता पछि टि-२० विश्वकपमा आफ्नो दोश्रो खेलमा भारत अर्का देब्रे हाते पेसर ट्रेन्ट बोल्टको टिम न्युजिल्यान्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल अघि न्युजिल्यान्ड पेसर बोल्टले पाकिस्तानी पेसर अफ्रिदीको बाटो पछ्याउदै भारतको सुरुवाती विकेट लिने योजना बताएका छन्। अफ्रिदीले भारतको बलियो मानिएको माथिल्लो क्रमका ब्याट्सम्यानहरु केएल राहुल, रोहित शर्मा र बिराट कोहलीको विकेट लिंदै भारत बिरुद्ध जितमा अहम योगदान दिएका थिए।

“मलाई थाहा छैन कुन बलरलाई कुन ओभरमा बलिंग दिईनेछ तर यदी मैले नयाँ बल पाए भने … जसरि शाहिनले भारत बिरुद्ध बलिंग गरेका थिए त्यो गजबको थियो। हो भारतसंग स्तरीय ब्याट्सम्यान छन् त्यसैले सुरुवाती विकेट लिने योजना छ तर हामि त्यसको लागि हाम्रो बलिंगमा सटिक हुनुपर्नेछ।” बोल्टले खेल अघि भर्चुअल प्रेस कन्फरेन्समा बताए। बोल्टले भारत बिरुद्ध तिन वटा टि-२० अन्तर्राष्ट्रिय खेल्दा रोहित शर्माको २ पटक विकेट लिएका छन्।

“पाकिस्तानसंग हाम्रो सुरुवात राम्रो रहेन र पाकिस्तानले राम्रो क्रिकेट खेल्यो। केटाहरु भारतसंग खेल्न उत्साहित छन् र भारतले दिने चुनौती स्वीकार गर्न तयार छन्।” देब्रे हाते पेसरले बताए।

“हामीले सुरुवातमा जे ( ब्याटिंग/बलिंग ) गरेता पनि राम्रो गर्नुपर्छ। भारतले धेरै चुनौती प्रस्तुत गर्नेछ किनकि भारत स्तरीय टिम हो। तर बलबाट हामीले उनीहरुको ठूलो खेलाडीलाई कसरि पाखा लगाउने कुरामा स्पस्ट हुनुपर्छ। यदी ब्याटिंग गरेको खण्डमा उनीहरुलिई सक्दो धेरै लक्ष्य दिनुपर्नेछ। हामि सबै कुराको लागि तयार छौं।” बोल्टले थपे।

प्रतियोगिता अन्तर्गत भारत र न्युजिल्यान्ड आइतबार ( अक्टोबर ३१ ) राति ७:४५ बजे प्रतिस्पर्धा गर्दैछन्। दुवै टिम आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]