टि-२० विश्वकप : भारतीय टिमको घोषणा, चाहल बाहिरिंदा आश्विनले पाए मौका

२०२१ टि-२० विश्वकपको लागि भारतियी क्रिकेट बोर्ड ( बिसीसीआई ) ले १५ सदस्यीय टिमको घोषणा गरेको छ।

बिराट कोहली कप्तानीको टिममा केहि ठूला नामहरुलाई स्थान दिईएको छैन भने युवा खेलाडीलाई मौका दिईएको छ। अनुभवी अफ स्पिनर रभीचन्द्रन आश्विनलाई मौका दिईएको छ भने युज्भेन्द्र चाहललाई बाहिर गरिएको छ। चाहलसंगै अर्का रिस्ट स्पिनर कुलदिप यादवलाई पनि मौका दिईएको छैन।

आईपीएलमा प्रभावशालि बलिंग गरेका ३० वर्षीय लेग स्पिनर वरुण चक्रवर्तीलाई टिममा स्थान दिईएको छ। यस्तै रभीन्द्र जडेजा, राहुल चाहर र अक्षर पटेलले स्पिनरको रुपमा टिममा ठाउँ बनाएका छन्।

यस्तै टिममा पूर्व कप्तान तथा २००७ मा भारतलाई टि-ट्वान्टी विश्वकप जिताएका महेन्द्र सिंह धोनीलाई टिमको मेन्टरको रुपमा टिममा स्थान दिईएको छ। धोनीले सहमति जनाएपछि उनलाई विश्वकपको अवधिको लागि मात्र उक्त पद दिईएको हो। बिसीसीआईका सचिव जय शाहका अनुसार धोनीलाई मेन्टर राख्ने निर्णयमा प्रशिक्षक रभी शास्त्री र बिराट कोहलीले पनि सहमति जनाएका थिए।

भर्खरै श्रीलंका बिरुद्ध सिमित ओभर सिरिजमा टिमको कप्तानी गरेका शिखर धवन तथा पृथ्वी शलाई पनि टिममा राखिएको छैन। टिममा ओपनरको रुपमा रोहित शर्मा र केएल राहुल रहनेछन् भने माथिल्लो क्रममा कप्तान बिराट कोहली पनि खेल्न तयार छन्। यस्तै टिममा स्थान बनाएका विकेटकिपर ब्याट्सम्यान इशान किशान पनि ओपनिंग गर्ने बिकल्पमा तयार रहेका छन्। यस्तै टिममा श्रेयस ऐयर, दिपक चाहर र शार्दुल ठाकुरलाई अतिरिक्त खेलाडीको रुपमा समाबेश रहेका छन्।

सन् २०१७ जुलाईमा वेस्टइन्डिज बिरुद्ध अन्तिम पटक टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका रभीचन्द्रन आश्विनले आईपीएल टिम पन्जाबको २०१८ र २०१९ सिजनमा कप्तानी गरेका थिए जुन क्रममा १० र १५ विकेट लिएका थिए। आश्विनले २०२० मा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्दा ३०.०७ को औशत र ७.६६ प्रतिओभर रन खर्चेर १३ विकेट लिएका थिए। आईपीएलको २०२१ को सिजनमा ८ खेल मध्ये ५ खेल खेलेका आश्विनले मात्र १ विकेट लिएका थिए जुन क्रममा ७.७३ रन प्रतिओभर रन खर्चेका थिए।

वरुण चक्रवर्तीले २०२० आईपीएलमा १७ विकेट लियेया थिए भने २०२१ सिजनमा ७ खेलमा ७ विकेट लिएका छन्। उनले यो वर्ष जुलाईमा श्रीलंका बिरुद्ध डेब्यु गरेका थिए जुन क्रममा ३ खेलमा ५.३० प्रतिओभर रन खर्चेर २ विकेट लिएका थिए। टिममा समाबेश भएका लीग स्पिनर राहुल चाहरले शआईपीएल २०२१ मा ७ खेलमा ११ विकेट लिएका छन्। यस्तै उनले श्रीलंका बिरुद्ध २ वटा टि-२० अन्तर्राष्ट्रियमा ४ विकेट लिएका थिए जुन क्रममा ५.२५ प्रतिओभर रन खर्चेका थिए।

भारतीय टिम : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशान ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, राहुल चाहर, रभीचन्द्रन आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी

भारतको मध्यक्रममा सूर्यकुमार यादव, इशान किशन र रिशभ पन्त रहेका छन् भने हार्दिक पान्ड्या, रभीन्द्र जडेजा र अक्षर पटेल जस्ता अलराउण्डर टिममा छन्। आईपीएल २०२० मा किशानले ५७.३३ को औशतले ५१६ रन बनाएका थिए। सूर्यकुमार यादवले आईपीएलमा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् जसले इंग्ल्यान्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्ने क्रममा तिन खेलमा दुई वटा अर्धशतक र एक खेलमा ३२ रन बनाएका थिए।

टिमको तीव्र गति आक्रमणको नेत्रित्व जस्प्रित बुम्राहले गर्नेछन् भने भुवनेश्वर क्कुमार र मोहम्मद शामी पनि मुख्य पेसर रहेका छन्। पान्ड्या श्रीलंका सिरिजदेखि बलिंग गरिरहेका छन् र पेस बलिंग बिकल्पको रुपमा रहनेछन्। देब्रे हाते पेसर टि नटराजनले भने टिममा स्थान बनाउन सकेनन्।

टि-ट्वान्टी विश्वकपमा भारतले पाकिस्तान बिरुद्ध अक्टोबर २४ तारिखमा पहिलो खेल खेल्नेछ। दोश्रो खेलमा अक्टोबर ३१ तारिखमा न्युजिल्यान्डसंग तथा नोभेम्बर ३ मा तेश्रो खेलमा अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ। भारतले सुपर-१२ चरणमा कुल ५ खेल खेल्नेछ। अन्य २ टिमको चयन विश्वकपको समुह चरणको खेलपछि हुनेछ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]