T20WC : भारतसंग खेल अघि पाकिस्तान कप्तान बाबर आजमको आत्मविश्वास

क्रिकेट विश्वकप इतिहासमा पाकिस्तानले भारत बिरुद्ध हालसम्म जित दर्ता गर्न सकेको छैन। टि-२० विश्वकपको इतिहास कोट्याउने हो भने पनि ५ पटक दुई देश बीच भएको प्रतिस्पर्धामा सबैपटक भारतले नतिजा पक्षमा पारेको छ। इतिहास पाकिस्तान बिरुद्ध भएता पनि टि-२० विश्वकपको सातौं संस्करणको पहिलो खेलमा भारतको सामना गर्नु अघि पाकिस्तान कप्तान शान्त रहन चाहन्छन्।

ठूलो खेल अघि मिडियासंग कुराकानीको क्रममा आजमले आफू वर्तमानको बारेमा मात्र सोचीरहेको बताएका छन्- “इमान्दार भएर भन्छु हामि बिगततर्फ फर्कन चाहदैनौ। हामि यो विश्वकपलाई मात्र हेर्दैछौँ। हामि हाम्रो मजबुत पक्षमा ध्यान दिएर त्यसलाई खेलमा लागु गर्ने प्रयास गर्नेछौँ।कुराहरुलाई सामान्य राख्नु र प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। हामि राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौँ र राम्रो नतिजा ल्याउने पनि।” आजमले थपे।

भारत र पाकिस्तान बीचको राजनितिक द्वन्दका कारण दुई देशले द्विपक्षीय सिरिज खेल्ने गरेका छैनन्। अन्तिम पटक सन् २०१९ को इंग्ल्यान्डमा आयोजित एकदिवसीय विश्वकपमा दुई देश आमने सामने भएका थिए।

“हामीले धेरै प्रतियोगिताहरुमा एकअर्कासंग प्रतिस्पर्धा गरेका छौँ र च्याम्पियन्स ट्रफीमा राम्रो नतिजा पनि ल्याएका थियौं। त्यसैले जति सहज हुन सकिन्छ त्यति राम्रो नतिजा आउनेछ। हामीले तयारीमा शतप्रतिशत दिएका छौँ र खेलको दिन राम्रो खेल्नेमा विश्वास छ।”

“पहिलो खेल सधैं महत्वपूर्ण हुन्छ र आशा छ राम्रो सुरुवात सहित लय पाउनेछौँ। मलाई हाम्रो टिमको समीकरणमा पुरा विश्वास छ। एक पटकमा एउटा खेललाई मात्र सोचेर अघि बढ्नेछौँ।” आजमले थपे।

पाकिस्तान टिमको बलियो पक्ष बारे बोल्दै आजमले बताए – “सबै टिमसंग बलियो र कमजोर पक्ष हुन्छ। हाम्रो टिममा बलिंग पक्ष बलियो छ। बलरहरुले खेल जिताएर दिएका छन् र राम्रो पक्षमा पनि छन्। तर यो पटक हाम्रो बलियो पक्ष ब्याटिंग हो। जसरि हाम्रो ब्याट्सम्यानहरुले पछिल्लो केहि महिना प्रदर्शन गरिरहेका छन् मलाई आत्मविश्वास छ कि उनीहरुले भारत बिरुद्ध प्रदर्शन गर्नेछन्।”

भारतसंगको पहिलो खेलको लागि पाकिस्तानले १२ सदस्यीय टिमको घोषणा गरिसकेको छ।

भारतसंगको खेल अघि पाकिस्तानले घोषणा गरेको १२ सदस्यीय टोलि : बाबर आजम ( कप्तान ) , आसिफ अलि, फखर जमान, हैदर अलि, मोहम्मद रिजवान ( विकेटकिपर ) , इमाद वासिम, मोहम्मद हफिज, शदाब खान, शोयब मलिक, हरिश रौफ, हसन अलि, शाहिन अफ्रिदी





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]