T20WC : भारतको खराब प्रदर्शन बारे ट्वीटरमा पूर्व क्रिकेटरहरुले के भने

२०७८ कार्तिक १५, सोमबार ०८:२३

पाकिस्तान र न्युजिल्यान्डसंग एकतर्फी हार पछि भारतको टि-ट्वान्टी विश्वकप सेमीफाइनल पुग्ने सम्भावना अब निकै कम भएको छ। पाकिस्तानसंग १० विकेटको हारपछि भारतले दोश्रो खेलमा पुनरागमन गर्ने आशा भारतीय फ्यानहरुले गरेता पनि त्यसको विपरित भारतले झनै खराब प्रदर्शन गर्यो र ८ विकेटको हार बेहोर्यो। हारपछि सामाजिक संजाल ट्वीटरमा बिभिन्न पूर्व क्रिकेटर तथा विश्लेषकहरुले प्रतिक्रिया दिने क्रममा भारतको आलोचना गरेका छन् –

भारतीय पूर्व क्रिकेटर विरेन्द्र सेहवाग : भारतको निराशाजनक प्रदर्शन। न्युजिल्यान्ड उत्कृस्ट थियो। भारतको बडी ल्यांग्वेज र सटको छनोट उत्कृस्ट थिएन। न्युजिल्यान्डले भर्चुवलरुपमा हामी अर्को चरण पुग्ने बाटो बन्द गरेको छ। यो हारले भारतलाई पिंडा दिनेछ र समय भएको छ र गम्भीर आत्मसमिक्षा गर्ने समय आएको छ।

 इंग्ल्यान्ड पूर्वकप्तान माइकल भन : यति प्रतिभावान खेलाडीहरु हुँदैगर्दा भारतको मासिकता र शैली निकै गलत छ। भारत २०१० को क्रिकेट खेल्दैछ, खेल परिवर्तन भैसक्यो। इमान्दार भएर भन्छु कि भारतमा जति प्रतिभा र गहिराइ छ उनीहरुले सेतो बलको क्रिकेटमा निकै कम उपलब्धि हाँसिल गरेका छन्।


पूर्व भारतीय क्रिकेटर हरभजन सिंह : खेलाडीहरु प्रति तितो नपोखौं। हो हामी उनीहरुलाई राम्रो क्रिकेटको लागि चिन्छौं। हार पछि सबैभन्दा धेरै खेलाडीलाईनै पिंडा हुन्छ। स्यावास न्युजिल्यान्ड जितको लागि, उनीहरु सबै बिभागमा उत्कृस्ट थिए।

कमेन्टेटर हर्षा भोगले : म फेरी दोहोर्याएर भन्छु, तपाईले केन विलियमसन र न्युजिल्यान्डको क्रिकेटलाई सम्मान गर्नुपर्छ। भारतले अझै सकाएको छैन र अझै पनि तिनतर्फबाट समुहमा प्रतिस्पर्धा हुनेछ। मलाई लाग्दैन कसैले पनि के हुन्छ देखेको छ। बिराट कोहलीले आफुले बहादुर क्रिकेट नखेलेको बताएका छन्। टि-२० क्रिकेट भनेकै निडर क्रिकेट हो।

पाकिस्तानी पूर्व क्रिकेटर शाहिद अफ्रिदी : भारतसंग अझै पनि सेमीफाइनल पुग्ने सम्भावना छ तर उनीहरुले जसरि दुई खेल खेलेका छन् त्यो हेर्दा छनोट हुनु चमत्कार हुनु जस्तै हो।


पूर्व भारतीय क्रिकेटर आकाश चोपडा : केहि व्यक्ति यो कुरा देखी डराएका छन् कि उनीहरुको जित भन्दा हाम्रो हारको बढी चर्चा छ।

पूर्व भारतीय क्रिकेटर भीभीएस लक्ष्मण : यो हारले भारतलाई चोट दिनेछ। उनीहरुको सट चनौटमा प्रश्नचिन्ह खडा गर्न सकिन्छ। न्युजिल्यान्डले शानदार बलिंग गर्यो तर भारतले उनीहरुलाई अझ सहज बनायो। रन रेट हेर्दा पनि सेमीफाइनलमा स्थान टाढाको सपना जस्तो छ।

प्रतियोगिता अन्तर्गत भारतले आगामी खेल नोभेम्बर ३ तारिखमा न्युजिल्यान्डसंग, नोभेम्बर ५ तारिखमा स्कटल्याण्डसंग तथा नोभेम्बर ८ तारिखमा नामिबिया बिरुद्ध खेल्नेछ। सेमीफाइनल पुग्न भारतले तिन वटै खेलमा जित दर्ता गर्दै अन्य टिमको नतिजामा पनि भर पर्ने पर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy