पीएनजी बिरुद्ध भिम शार्की डेब्यु गर्दै, ज्ञानेन्द्र बाहिर

Bhim Sharki

युएईमा नेपाल, युएई र पपुवा न्यु गिनी ( पीएनजी ) बीच जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ११:१५ बजे सुरु हुँदैछ।

खेलमा नेपालले टस जितेर पपुवा न्यु गिनीलाई ब्याटिंगको निम्तो दिएको छ।

नेपालले आज अन्तिम एघारमा ज्ञानेन्द्र मल्ल र बिक्रम सोबलाई बाहिर राखेको छ। आसिफ शेख र भिम शार्कीले मौका पाएका छन्।

दायाँ हाते ब्याट्सम्यान भिम शार्कीले आज नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गर्न लागेका हुन्।

नेपालको अन्तिम एघार : पवन सर्राफ, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, बिनोद भण्डारी, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने ( कप्तान ) , भिम शार्की

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो। त्यसपछि दुई खेलमा नेपाल युएईसंग पराजित भयो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]