विश्वकप लिग-२ को लागि टिमको घोषणा, भिम शार्कीले पाए मौका, यी ४ खेलाडी बाहिर

युएईमा मार्च १५ तारिख देखि सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा गरेको छ।

युएई प्रस्थान गर्नु अघि नेपालले श्रीलंका भ्रमण गर्नेछ। नेपाली टिम मार्च ५ तारिख ( शनिवार ) श्रीलंका प्रस्थान गर्नेछ जहाँ टिमले श्रीलंकाको प्रथम श्रेण टिमहरुसंग ४ वटा अभ्यास खेल खेल्नेछ। टिम श्रीलंकाबाट १४ तारिखमा युएई प्रस्थान गर्ने छ। लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय पछि एकदिवसीय फर्म्याटमा समेत सन्दिप लामिछानेले टिमको नेतृत्व गर्नेछन्। टिमको उपकप्तान भने घोषित गरिएको छैन।

क्यानद्वारा घोषित टिममा बन्द प्रशिक्षणमा रहेका २० खेलाडी मध्ये अनिल शाह, राजु रिजाल, गुल्सन झा र सुशन भारिलाई बाहिर राखिएको छ। ओमान भ्रमणमा नेपाली टिमको लागि डेब्यु गरेका देब्रे हाते स्पिनर सागर ढकाल टिममा निरन्तर छन्। ओमान भ्रमणमा रहेका तिब्र गति बलर गुल्सन झालाई भने बाहिर राखिएको छ। उक्त भ्रमणमा घाइते भएका करन केसी भने टिममा फर्किएका छन्।

यस अघि ओमान भ्रमणमा टि-२० विश्वकप छनोट खेल्दा नरहेका सोमपाल कामि, रोहित पौडेल, पवन सर्राफ, बिनोद भण्डारी, बिक्रम सोबले टिममा स्थान पाएका छन्।

यस्तै युवा ब्याट्सम्यान भिम शार्की पनि टिममा छन् जसले एभरेस्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका थिए। विजेता टिम चितवन टाइगर्सको लागि खेलेका उनले दुई वटा अर्धशतक बनाएका थिए। भिम उत्कृस्ट फिल्डिंगको लागि समेत परिचित छन्।

घोषित १६ सदस्यीय टिम : सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल , आरिफ शेख, आशिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, करन केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सर्राफ

युएई त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीसंग पहिलो खेल शारजाह स्टेडियममा खेल्नेछ भने अन्य सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ। सबै चारवटा खेल स्थानीय समय ९:३० बजे बिहान र नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ।

प्रतियोगिता लगत्तै नेपाली क्रिकेट टिमले मार्च अन्तिम साता पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेल्ने तालिका छ। त्यस अघि पपुवा न्यु गिनी र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने सम्भावना रहेको छ जुन विश्वकप लिग-२ अन्तर्गत भने रहने छैन।

विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म मात्र ८ वटा खेल खेलेको छ जसमा ४ जित र ४ हार बेहोर्दै ८ अंक सहित छैठौं स्थानमा छ। पपुवा न्यु गिनी र युएईसंग नेपालले पहिलो सिरिज खेल्न लागेको हो। लिग-२ अंकतालिकामा युएई १० खेलमा ५ जित र ३ हार पछि १२ अंक सहित चौंथो स्थानमा छ भने पपुवा न्यु गिनी सबै १२ खेल हार्दै पुछारमा सातौं स्थानमा छ। ओमान २३ खेलमा ३० अंक सहित पहिलो, स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलमा १४ अंक सहित तेश्रो, नामिबिया ९ खेलमा १० अंक सहित पाँचौ स्थानमा छ। लिग-२ अंक तालिकाको शिर्ष-३ स्थानमा रहने टिमले २०२३ को विश्वकप छनोट खेल्ने छ भने चौंथो देखि सातौँ स्थानको टिमले छनोट खेल्ने अर्को मौका स्वरूप विश्वकप छनोट प्लेअफ खेल्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]