टिपिएल टि-२०: भिम सार्की चम्किदा लुम्बिनी कासाईलाई उपाधि

  • विकेटनेपाल, मङ्सिर ८ – शनिबार

यु-१९ राष्ट्रिय खेलाडी भिम सार्कीको आक्रामक अर्धशतक मद्दतले तिलोत्तमा प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी कसाईले हात पारेको छ। उसले फाइनलमा रोयल शंकरनगरलाई ६१ रनले पराजित गर्यो।

उपाधिसंगै लुम्बिनी कसाईले ३ लाख नगद र ट्रफी प्राप्त गर्यो भने उपविजेता शंकरनगरले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी राष्ट्रिय क्रिकेटर समेत रहेका शंकरनगरका रोहित पौडेल भए जसले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान सन्दिप रजाइली, उत्कृस्ट बलर रुपेश कुर्मी घोषित भए जसले रु. १० हजार प्राप्त गरे। यस्तै उदयमान खेलाडी अभिसेख गौतम र उत्कृस्ट फिल्डर देव खनाल घोषित भए जसले रु. ५ हजार प्राप्त गरे।

रोहित पौडेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए

भिम सार्कीको उत्कृस्ट इनिंग 

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको नवजीवन खेल मैदानमा सम्पन्न फाइनलमा पहिले ब्याटिंग गरेको लुम्बिनी कसाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रनको योगफल तयार पारेको थियो।

कसाईका लागि भिम सार्कीले ६३ रनको पारि खेल्नेक्रममा ७ चौका र २ छक्का प्रहार गर्न मात्र ३५ बलको सामना गरेका थिए। त्यस्तै ओपनर सुमन पाण्डेले २४ रन बनाउदा मनबहादुर बोहराले १५ रन बनाए। टिमले अतिरिक्त १६ रन पायो। बलिङ्गमा शंकरनगरका रोहित पौडेल र सन्दिप सुनारले समान २/२ विकेट लिए।

जितको लागि १४७ रनको लक्ष्य पछ्याएको शंकरनगर १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रनमा समेटियो।

फाइनलको प्लेयर अफ द म्याच भिम सार्की

शंकरनगरका राष्ट्रिय खेलाडी रोहित पौडेलले २२ रन बनाउन २२ बलमा ३ चौका प्रहार गरेपनि जितको लागि पर्याप्त थिएन। त्यस्तै सुनिल कुमारले ६ बलमा १२ रन र रोबिन क्षेत्रीले ९ बलमा १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन समेत बनाउन सकेनन्। सन्दिप सुनार र सुशन भारी समान ८/८ रनमा आउट भए।

बलिङ्गमा लुम्बिनीका कुशल मल्ल र कप्तान धनपति मिश्र र रुपेश कुर्मीले समान २/२ विकेट लिए।

अर्धशतक सहित १ विकेट हात पारेका भिम सार्की म्यान अफ द म्याच घोषित भए।

मङ्सिर १ गते शनिबार देखि सुरु भएको प्रतियोगितामा नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, रोयल शंकरनगर र एसआर एनएससीए टाइगर्स गरि कुल ८ टोलि सहभागी थिए।

( फोटोहरु र जानकारी – तारा पाठक )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]