भुटानलाई ऐतिहासिक उपाधि

  • विकेटनेपाल  , फागुन १४

एसीसी टि-२० कप पूर्वी क्षेत्र अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको उपाधि भुटानले जितेको छ। आइतबार थाईल्याण्डको टेर्ड थाई क्रिकेट मैदानमा सम्पन्न रोमान्चक खेलमा आयोजक थाईल्याण्ड माथि रोमान्चक जित निकाल्दै भुटान च्याम्पीयन भएको हो।

अन्तिम ६ बलमा १० रन चाहिएको अवस्थामा थिन्ले जाम्त्शोले उत्कृस्ट बलिंग गर्दै टोलिलाई ३ रनको जित दिलाएका थिए। भुटानले  कुनै पनि अन्तर्राष्ट्रिय स्तरमा जितेको यो पहिलो ट्रफी हो।

टस जितेर  ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १०१ रन  मात्र बनाएको थियो। एक समय ३३ रन जोड्दा ५ विकेट गुमाएको अवस्थामा छैठौ विकेटका लागि थिन्ले जाम्त्शो ३१ रन (२१ बल ,१ चौका,२ छक्का) र कप्तान जिग्मे सिंगे २७ (४० बल ,१ चौका) ले ४६ रनको  महत्वपूर्ण सम्झेदारी गरेका थिए। त्यसैगरी सुप्रित प्रधानले ११ रन बनाउदा अन्य कुनै पनि ब्याटसम्यानहरु क्रिज़मा जम्न सकेनन्। थाईल्याण्डका लागि बलिंगतर्फ रोबेर्ट रैनाले मात्र २ ओवरमा १४ रन खर्चेर ३ विकेट हात पारे।

 १०२ रनको सामान्य लक्ष पछ्याउन उत्रिएको थाईल्याण्डले उत्कृस्ट सुरुवात गर्दै पहिलो ३ ओवरमा ३३ रन बनाएको थियो। त्यसपछि भने लगातार विकेट गुमाउदै जाँदा थाईल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो र ३ रनको झिनो अन्तरले पराजय भोग्यो । कप्तान डेनियल जाकोब्सले संघर्षपूर्ण ४८ रनको शानदार पारी खेलेपनि जितका लागि पर्याप्त हुन सकेन। जाकोब्सले आफ्नो इंनिंगमा  ३ चौका  र १ छक्का प्रहार गरेका थिए। त्यसैगरी १० औ क्रममा व्याटिङ गर्न आएका सर्बजोत सिंह सुखिजाले १७ रन को योगदान गरे भने अन्य कुनै पनि ब्याटसम्यानहरुले दोहोरो अङ्क छुन सकेनन्।

बलिंगमा भुटानका सुप्रित प्रधानले ३ विकेट आफ्नो नाममा पारे भने कुमार सुब्बा र जिग्मे सिंगेले २-२ विकेट चट्काए। प्रतियोगिताका म्यान अफ द सिरिज भुटानका कप्तान जिग्मे सिंगे तथा उत्कृस्ट बलर पनि भुटानकै सुप्रित प्रधान भएका छन्।

( फोटोहरु – एसिएन क्रिकेट काउन्सिल )

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy