प्रदिप ऐरीको अर्ध-शतकमा नेपालले जोड्यो १५० रन

Pradeep Airee
  • विकेटनेपाल – २३ असोज

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले चौथो खेल भुटानसंग खेल्दैछ।

पहिलो इनिंगको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १५० रनको योगफल तयार गरेको छ। नेपालको इनिंगमा प्रदिप ऐरीले अर्धशतक जोड्ने क्रममा सर्वाधिक ७५ रनको योगदान गरे।

राष्ट्रिय टोलीमा कम्ब्याक गरेका प्रदिपले म्यान्मार बिरुद्ध पहिलो खेलमा खास प्रदर्शन गर्न नसकेपनि भुटान बिरुद्ध भने अविजित अर्ध-शतकीय पारि खेले। ६८ बलको सामना गरेका प्रदिपले ६ चौका र २ छक्का सहित ७५ रन जोड्दा अविजित रहे।

युकेएम मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालको सुरुवात राम्रो रहन सकेको थिएन। पहिलो ओभरको तेस्रो बलमा बिनोद भण्डारी खाता नखोल्दै पभेलियन फर्किंदा नेपालको स्कोर ६ रन मात्र रहेको थियो।

त्यसपश्चात भने दोस्रो विकेटका लागि अनिल कुमार साह र प्रदिप ऐरीले ६६ रनको साझेदारी गर्दै नेपालको स्कोरलाई अगाडी बढाए। दुवै किनारबाट मुस्किलले मात्र रन बनिरहेको अवस्थामा ठूलो सट प्रहार गर्ने चक्करमा अनिल व्यक्तिगत २७ रनको स्कोरमा आउट भए। २१ बलको सामना गरेका अनिलले २ चौका र १ छक्का प्रहार गरे।

यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरी व्यक्तिगत १३ र १५ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालको स्कोर १२७/४ रहेको थियो। इनिंगको अन्त्य तर्फ ब्याटिंग गर्न आएका करन केसीले ५ बलमा १ छक्का सहित अविजित ११ रन जोडे।

भुटानका बलरहरुको अनुशासित बलिंग र नेपाली ब्याट्सम्यानहरुको खराब सट चयनले नेपालले सोचे अनुरुप ठूलो स्कोर बनाउनबाट चुकेको थियो।

भुटानको बलिंगमा थिन्ले जम्त्शो, सन्जिब गुरुङ, जिंग्मे सिंगे र रमेश लिम्बुले समान १-१ विकेट लिएका थिए।

|| लाईभ अपडेट || || स्कोरकार्ड ||

नेपालको अन्तिम ११ :- प्रदिप ऐरि, बिनोद भण्डारी,शरद भेसावकर, दिपेन्द्र ऐरि आरिफ शेख, पारस खड्का, बसन्त रेग्मी, करन केसी, अनिल साह, सन्दिप लामिछाने, ललित राजबंशी





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]