भुवनेश्वर र धवन चम्कदा घरमै हार्यो दक्षिण अफ्रिका

  • विकेटनेपाल – ६ फाल्गुन, आइतवार

दक्षिण अफ्रिका बिरुद्दको तिन टि-२० अन्तर्राष्ट्रिय खेलको शृंखलाको पहिलो खेलमा भारतले २८ रनको जित हात पारेको छ। जितसंगै भारतले शृंखलामा १-० को अग्रता बनाएको छ।

भारतले दिएको २०४ रनको लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र जोड्न सक्यो र खेलको नतिजा २८ रनले भारतको पक्षमा सुम्पिन बाध्य भयो।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ७० रन बनाएपनि टोलिलाई जित दिलाउन सकेनन्। आफ्नो टि-२० अन्तर्राष्ट्रिय क्यारियरको पहिलो अर्ध-शतक बनाउने क्रममा हेन्ड्रिक्सले ५० बलमा ८ चौका र १ छक्का सहित ७० रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन। यस्तै फरहान बेहेरदीनले समेत ३९ रनको योगदान गरे। मात्र ४८ रन जोड्दा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाको ब्याटिंगलाई सम्हाल्न बेहेरदीनले हेन्ड्रिक्ससंग चौथो विकेटका लागि ८१ रनको साझेदारी गरे।

तर दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यान चल्न नसक्दा घरेलु टोलि खेल हार्न पुग्यो। भारतको बलिंगमा म्यान अफ दि म्याच भुवनेश्वर कुमारले ५ विकेट हात पारे। आफ्नो टि-२० अन्तर्राष्ट्रिय क्यारियरको उत्कृस्ट बलिंग प्रदर्शन गर्ने क्रममा कुमारले ४ ओभरको स्पेलमा २४ रन खर्चेर ५ विकेट लिए।

योसंगै भुवनेश्वर कुमार टेस्ट, एक दिवसीय र टि-२० अन्तर्राष्ट्रिय गरी तिनवटै फर्म्याटमा ५ विकेट लिने पहिलो भारतीय बलर बने।

यसअघि टस जित्दै घरेलु टोलि दक्षिण अफ्रिकाले फिल्डिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन जोडेको थियो।

भारतले दक्षिण अफ्रिका बिरुद्द टि-२० अन्तर्राष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक बिशाल स्कोर समेत हो। यसअघि सन् २०१५ मा भारतमा नै भएको खेलमा भारतले दक्षिण अफ्रिका बिरुद्द ५ विकेट गुमाएर १९९ रन बनाएको थियो।

भारतको इनिंगमा शिखर धवनले व्यक्तिगत ७२ रनको योगदान गरे। मात्र ३९ बलमा धवनले १० चौका र २ छक्काको सहयोगमा ७२ रन बनाएका थिए।

शिखर धवन

पहिलो विकेटका लागि रोहित शर्मा र शिखर धवनले २१ रनको साझेदारी गर्दै भारतलाई मध्यम सुरुवात दिएका थिए। दोस्रो ओभरको अन्तिम बलमा रोहित (२१) भारतको पहिलो विकेट स्वरूप पभेलियन फर्किएका थिए। उनि डेब्यु बलर जुनियर डालाको शिकार बनेका थिए।

त्यसपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका सुरेश रैनाले धवनसंग दोस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए। भारतीय टोलिमा पुनरागमन गरिरहेका रैना १५ रनको निजि स्कोरमा डालाको नै शिकार बनेका थिए। यस्तै भारतको लागि कप्तान विराट कोहलीले २६, महेन्द्र सिंह धोनीले १६ तथा मनिष पाण्डेले अविजित २९, हार्दिक पान्ड्याले अविजित १३ रन जोडेका थिए।

दक्षिण अफ्रिकाका लागि डेब्यु बलर जुनियर डालाले २ विकेट लिएका थिए। यस्तै एन्डीले फेफ्लुक्व्यायो र क्रिस मोर्रिसले समान १-१ विकेट लिएका थिए।

यसअघि सम्पन्न एक दिवसीय शृंखला भारतले ५-१ ले आफ्नो कब्जा गरेको थियो।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]