भुवनको आक्रामक इनिंगले डीसीएको सेमीफाइनलमा स्थान पक्का, रुपन्देहीको जितमा निश्चल उत्कृस्ट

Bhuwan Karki
  • विकेटनेपाल, जेठ ९ 

सुर्खेतमा जारि रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत सातौँ दिनको खेलहरुमा एबिसी क्रिकेट क्लब, रुपन्देही ११ र धनगढी क्रिकेट एकेडेमीले जित हात पारेका छन्।

आज सम्पन्न खेलहरु पछि समुह ‘बि’ बाट ४ खेलमा ४ वटै जितको साथ धनगढी क्रिकेट एकेडेमीले तथा ४ खेलमा ३ जित र १ हार पछि मध्य-पश्चिम क्रिकेट क्लबले सेमीफाइनलमा स्थान पक्का गरेको छ। समुह ‘ए’ बाट रुपन्देही ११ ले ४ खेलमा ४ वटै जितको साथ सेमीफाइनलमा स्थान पक्का गरेको छ भने बिहिबार हुने खेलपछि दोश्रो टिमको टुंगो लाग्नेछ। अंकतालिका 

पहिलो खेल (स्कोरकार्ड )

दिनको पहिलो खेलमा एबिसी स्पोर्ट्स क्लबले रोयल राइजिंग क्लबलाई ६ रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । उसको आगि दिनेश पुनले ३३ तथा मिलन क्षेत्रीले ३१ रन बनाए। रोयल राइजिंगका बलर सन्दिप शाहीले ३ विकेट लिए।

१४० रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंग क्लबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। रोयलको लागि सुमन गुरुङ्गले ३८ रन तथा आशिष सिंहले २२ रन बनाए। एबिसीका बलर दिनेश अधिकारीले सर्वाधिक ४ विकेट तथा अनिल खरेलले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच दिनेश अधिकारी चुनिए।

दोश्रो खेल (स्कोरकार्ड )

आज सम्पन्न दोश्रो खेलमा रुपन्देही-११ ले प्रतियोगितामा चौथो लगातार जित हात पार्ने क्रममा महाकाली क्रिकेट क्लबलाई १०४ रनको बिशाल अन्तरले पराजित गर्यो।

Nischal Chaudhary
Nischal Chaudhary

टस जितेर ब्याटिंग गरेको रुपन्देही ११ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रनको बिशाल योगफल तयार गरेको थियो। उसको लागि निश्चल चौधरीले सर्वाधिक ८५ रन बनाउने क्रममा ५१ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै शक्ति गौचनले अविजित ४२ रन बनाउन २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

बलिङ्गतर्फ महाकालीका हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट हात पारे।

२१० रनको लक्ष्य पछ्याउने क्रममा महाकालीले २० ओभरमा ७ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो। उसको लागि कप्तान रोबिन क्षेत्रीले २८ तथा पारस केसीले २६ रन बनाए। रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दिप सुनार र बिक्रम भुसालले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी घोषित भए।

तेश्रो खेल (स्कोरकार्ड )

तेश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई ४ विकेटले पराजित गर्यो।

bhuwan karki

टस जितेर ब्याटिंग रोजेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो। उसको लागि बिरात भण्डारीले सर्वाधिक २४ रन, दुर्गेश थापाले २० रन, सचिन लेखकले १६ रन, प्रितम थापाले अविजित १५ रन तथा भोज राज भट्टले अविजित ११ रनको योगदान दिए। धनगढीका बलर पवन कार्कीले सर्वाधिक २ विकेट लिए।

धनगढी क्रिकेट एकेडेमीले १७.५ ओभरमा ६ विकेट गुमाएर १४२ रनको लक्ष्य पछ्यायो। ७० रनमा ५ विकेट गुमाएको अवस्थामा एकेडेमीका कप्तान भुवन कार्कीले किशन बिस्टसंग छैठौं विकेटको लागि ५८ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। टिमलाई जिताउन बिजयी चौका प्रहार गरेका भुवनले अविजित ७४ रनको इनिंग खेल्ने क्रममा मात्र ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। किशनले ९ रन बनाए भने त्यसअघि बिपिन रावलले ३० तथा सुबोध ऐरले १९ रन योगदान दिए।

काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरको लागि भोज राज भट्टले ३ तथा बिपिन आचार्यले २ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच भुवन कार्की घोषित भए।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]