भुवन कार्कीले विस्फोटक शतक प्रहार गर्दा धनगढीको बिशाल जित – आरपीएल टि-२०

Bhuwan Karki
  • विकेटनेपाल, असोज – १५ 

रौतहटमा आइतबार देखि सुरु भएको रौतहट प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न २ वटा खेलमा धनगढी क्रिकेट एकेडेमी र ओएसीस क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन्।धनगढीले ओमेगा कलेजलाई तथा ओएसीसले मलपोखरी क्रिकेट एकेडेमीलाई पराजित गर्यो।

प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलहरुमा मलपोखरी क्रिकेट एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका थिए।

भुवन कार्कीको विस्फोटक ब्याटिंगमा धनगढीको बिशाल जित 

रौतहट क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले ओएसीस कलेजलाई १३० रनको बिशाल अन्तरले पराजित गर्यो।

टस जितेर ओमेगाले धनगढीलाई ब्याटिंगको निम्तो दिएको थियो जसपछि पहिले ब्याटिंग गर्दै धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २६० रनको बिशाल योगफल तयार गर्यो।

धनगढीको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका भुवन कार्कीले विस्फोटक इनिंग खेल्ने क्रममा मात्र ४० बलमा अविजित ११८ रन प्रहार गरे। कार्कीले १५ छक्का र ४ चौका मदतले उक्त रन बनाएका थिए। यस्तै दिपेन्द्र थापाले अविजित ७३ रन ( ६ चौका र २ चौका ) योगदान दिए। ओमेगा बलर मणि रत्न साह र हरि शंकरले २/२ विकेट लिए।

Bhuwan Karki
Bhuwan Karki ( File Photo )

२६१ रनको लक्ष्य पछ्याउने क्रममा ओमेगाले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो।बलिङ्गमा पनि भुवन कार्कीले ४ विकेट ( ४-०-२०-४ ) हात पार्दै जितमा अहम योगदान दिए , यस्तै नारायण जोशीले २ विकेट लिए।

ओएसीसको सहज जित 

सोमबारकै दोश्रो खेलमा ओएसीस क्रिकेट एकेडेमीले मलपोखरी क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको मलपोखरीले १९.३ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो। ९३ रनको लक्ष्य ओएसीसले १३.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

ओएसीसको जितमा ब्याटिंगतर्फ कीर्तिमानी राष्ट्रिय क्रिकेटर मेहबुब आलमले सर्वाधिक २६ र पुष्प थापाले २४ रन योगदान दिए भने बलिङ्गतर्फ अवनदेब काफ्ले र नितेश थापाले समान ३/३ विकेट लिएका थिए।

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]