विवेक विनाको वारियर्सलाई दुख र खुसि एकसाथ, ‘विवेक राष्ट्रिय टोलिमा पर्नेमा विस्वस्त छु’ श्रेष्ठ

२०७६ असार ८, आईतवार ०२:२०

  • सौरभ यादव, राजविराज

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगमा सहभागी टिम मध्येको एक डिफेन्डिङ्ग चम्पियन बजाज खडक वारियर्स यतिबेला खुशी संगै दुःख एकसाथ अनुभूति गरिरहेको छ।

दोश्रो संस्करणको सप्तरी प्रिमियर लिगमा वारियर्सले अक्सन अघि नै मार्कि खेलाडिको रुपमा राजेश पुलामीलाई तथा गत बर्षको स्टार खेलाडी बिवेक यादवलाई रिटेन गरेको थियो। सप्तरी प्रिमियर लिग सिजन-२ को सुरुवातमै विवेक अन्डर-१९ राष्ट्रिय टोलीको बन्द शिविरमा जानु परेकोले वारियर्सले खुशी संगै दुःखको पनि अनूभूति गरेका हो।

जेष्ठ ३२ मा सम्पन्न अक्सनमा वारियर्सले ४ जना बाहिरी खेलाडी भित्राउने प्रकृया अनुसार राष्ट्रिय क्रिकेटर पुलामी बाहेक यु-१९ राष्ट्रिय क्रिकेटर तथा सिनियर टिमको वर्तमान क्याम्पमा रहेका नन्दन यादव, सम्साद सेख र हरिशंकर साहलाई भित्र्याए।

अक्सन सकिएपछि वारियर्सको उद्घाटन खेल गत वर्षको फाईनलिष्ट बिच हुने तय भईसकेको थियो जुन दिन वारिर्यसलाई ठुलो झटका लाग्न पुग्यो। उनका स्टार तथा रिटेन गरेका कप्तान बिवेक यादवलाई १९ बर्ष मुनिका नेपाली टोलिको बन्दसत्रमा निम्तो आएपछि वारियर्सलाई झट्का लागेको हो।

विवेकको अव्वल प्रर्दशन

पहिलो सिजनको सप्तरी प्रिमिर लिगमा गत बर्ष विवेकले अव्वल प्रदर्शन गरेका थिए। उनले सो वर्ष ४४ को औसतले कुल १३१ रन बनाएका थिए भने प्रतियोगितामा ५ विकेट लिदै वजाज खडक वारिर्यसलाई पहिलो सिजनको विजेता बनाउन महत्वपूर्ण योगदान दिएका थिए।

Bivek Yadav
Bivek Yadav

१७ बर्षीय विवेकले २ महिना अघि सम्पन्न वडा स्तरीय प्रतियोगितामा समेत आफुलाई अव्वल सावित गर्दै लगातार बिष्फोटक ब्याटिंग गर्दै २ शतक प्रहार गरेका थिए। आठौँ राष्ट्रिय तथा सिएमकप र पिएम कप लगायत इनरुवामा सम्पन्न रात्रिकालिन क्रिकेटमा समेत उत्कृष्ट प्रर्दशन गर्दै टोलिलाई ट्रफी दिलाउन उनले महत्वपुर्ण योगदान दिएका थिए।

वारियर्सलाई थप झट्का

निरन्तर राम्रो पर्दशन गर्दै आईरहेकोले यस सिजनको सप्तरी प्रिमियर लिगमा पनि वारिर्यसले विवेकबाट ठूलै आशा राखेको थियो।  तर उनी यु-१९ बर्ष मुनिका नेपाली टोलिको बन्द शिविरमा परेपछि बिवेक विना उत्रिएको डिफेन्डींग च्याम्पीयन बजाज खडक वारियर्सले पहिलो खेल गत बोदेबर्साइन थन्डर्ससंग एकतर्फि रुपमा ३३ रनले हार बेर्होनु पर्यो। पहिलो हारपछि दोश्रो खेलमा बलियो रुपपमा उत्रिने तयारी गरिरहेका वारियर्सलाई पुनः अर्को झट्का लाग्यो।

टिमका अर्का खेलाडी नन्दन यादव सिनियर टोलिको २५ जनाको बन्द शिविरमा परेपछि थप दवावमा दोश्रो खेलको लागि मैदानमा ओर्लेको वारिर्यस तिलाठि कोईलाडिसंग फेरि ८ विकेटको ठुलो अन्तरले पराजित हुनपुग्यो। त्यसपछि पनि प्रतियोगितामा उसले कमब्याक गर्न सकेन। रुपनी राइडर्ससंगको तेश्रो खेल वर्षले नतिजाविहिन रहंदा अन्तिम खेलमा डाक्नेश्वरीसंग ५ विकेटले पराजित हुँदै यो सिजन जित विना अन्त्य गर्न बाध्य रह्यो।

दुखसंगै खुसि 

प्रतियोगितामा जित विहिन रहेपछि डिफेन्डिंग च्याम्पियन टिम बजाज खडक वारियर्सका मालिक अनवर अलिले टिम असफल भए पनि विवेक राष्ट्रिय टोलिको बन्द शिविरमा पर्न सफल भएको प्रति खुशी व्यक्त गरेका छन् –

“अहिले हाम्रो टिमको साथमा विवेक नभए पनि उनी राष्ट्रिय टोलिको बन्द शिविरमा पर्न सफल भएको प्रति हामी खुशी छौ” उनले भने। विवेकको प्रदर्शनको प्रशंसा गर्दै अलि यस पटक विवेक यु-१९ नेपाली राष्ट्रिय टोलीमा पर्ने विश्वास व्यक्त गरेका छन्।

सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले यसपालि नेपाली राष्ट्रिय टोलीमा विवेक पर्नेमा आफू विश्वस्त रहेको बताउँछन्-  “प्रर्दशनको हिसावले तथा जुनियर स्तरमा प्रतिभाशाली खेलाडी हो विवेक यादव, उनी नेपाली टोलिमा आफ्नो स्थान पक्का गर्दै देशको लागि आफनो प्रतिभा अन्तराष्ट्रिय स्तरमा प्रष्टफुटन गर्नेमा म विश्वस्त छु” श्रेष्ठले बताए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy