प्रथम बिदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ र वडा नम्बर-४ ले स्थान बनाएका छन्।
शुक्रबार सम्पन्न दुई वटा सेमीफाइनलमा वडा नम्बर-४ ले वडा नम्बर-७ लाई तथा वडा नम्बर ३ ले वडा नम्बर-१ लाई पराजित गर्यो। उपाधिको लागि वडा नम्बर-३ र वडा नम्बर-४ शनिवार प्रतिस्पर्धा गर्नेछन्।
आज सम्पन्न पहिलो सेमीफाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-१ लाई १० विकेटले पराजित गर्यो।
वडा नम्बर-१ ले दिएको ८३ रनको लक्ष्य वडा नम्बर-३ ले ६. ४ ओभरमै भेटायो। वडा नम्बर-३ को लागि राजेश रिमालले ४२ रन तथा पवन राईले ३१ रन बनाए भने बलिंगमा सुरज ओझा, दिनेश सुबेदी र मन्जित थपलियाले २/२ विकेट लिए।
आजै सम्पन्न दोश्रो सेमीफाइनलमा वडा नम्बर ४ ले वडा नम्बर-७ लाई ३ विकेटले पराजित गर्यो। ११० रनको लक्ष्य पाएको वडा नम्बर-४ ले १८. ३ ओभरमा लक्ष्य भेटायो। जितमा वडा नम्बर-४ का विकास लामिछानेले २९, हिमान रिमालले २४ तथा बलिंगमा विकास लामिछानेले ४ विकेट लिए।
