सन्दिपको टिमको दोश्रो खेल होबार्टसंग ( लाइभ, खेल समय लगायत सम्पूर्ण जानकारी एकै ठाउँ )

  • विकेटनेपाल, पुष-८ , आइतबार 

बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले दोश्रो खेलमा म्याथु वेड कप्तानीको होबार्ट हरिकेन्ससंग सोमबार खेल्दैछ।

लिग अन्तर्गत पहिलो खेलमा शुक्रबार मेलबर्नले शेन वाटसन कप्तानीको सिड्नी थन्डर्ससंग हार बेहोरेको थियो। खेलमा सन्दिप लामिछानेले २ विकेट लिंदै राम्रो सुरुवात गरेका थिए। खेलमा पहिले ब्याटिंग गरेको सिड्नीले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि दोश्रो इनिंगमा मेलबर्नले ८ ओभरमा ९० रनको लक्ष्य पाएको थियो। ८ ओभरमा मेलबर्नले ६ विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो र १५ रनको ( डीएलएस मेथड ) हार बेहोर्यो।

लिगको पहिलो खेलमा होबार्ट हरिकेन्सले भने जित हाँसिल गर्ने क्रममा ब्रिसबेन हिटलाई १५ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै होबार्टले बनाएको १५९ रनको जवाफमा ब्रिसबेनले १४४ रन बनाएको थियो। जितमा होबार्टको लागि ड्यारसी सर्टले ६७ रन तथा बलिङ्गमा जेम्स फल्कनरले ३ विकेट लिएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

मेलबर्न स्टार्स Vs होबर्ट हरिकेन्स, खेल समय र लाइभ कसरि हेर्ने 

होबार्ट स्थित, बेलरिभ ओभल मैदानमा २४ डिसेम्बर सोमबार हुने खेल नेपाली समय बिहान १०:३० बजे तथा अस्ट्रेलियन समय ३:४५ बजे दिउसो सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

सन्दिपलाई लिगको दोश्रो खेलमा पनि टिमले अन्तिम-११ मा राख्ने निश्चित गरिसकेको छ। टिमले आज बिहान घोषणा गरेको सम्भावित १३ खेलाडीको सुचीमा २ बिदेशी खेलाडी ड्वेन ब्राभो र सन्दिपलाई समाबेस गरेको छ। लिगमा एउटा टिमले २ जना मात्रै बिदेशी खेलाडी अन्तिम-११ मा राख्ने नियम छ।

टिम :- 

Hobart Hurricanes : Matthew Wade(w/c), D Arcy Short, Alex Doolan, Ben McDermott, George Bailey, Simon Milenko, James Faulkner, Johan Botha, Jofra Archer, Clive Rose, Riley Meredith, Jake Doran, David Moody

Melbourne Stars : Travis Dean, Ben Dunk(w), Glenn Maxwell(c), Marcus Stoinis, Dwayne Bravo, Nick Larkin, Evan Gulbis, Adam Zampa, Sandeep Lamichhane, Jackson Coleman, Michael Beer, Jackson Bird, Scott Boland

लिगको पहिलो खेलमा सन्दिपको प्रदर्शन 

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगेका थिए। सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो।

सन्दिपको पहिलो ओभर – ( १ , विकेट, १ , ० , १ , विकेट )

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६,  चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

के हो बिग ब्यास लिग ? 

अस्ट्रेलिया क्रिकेट बोर्ड अर्थात क्रिकेट अस्ट्रेलियाले आयोजना गर्ने बिग ब्यास लिग सन् २०११ देखि सुरु भएको हो। बिग ब्यास लिग सुरु हुनु अघि अस्ट्रेलियामा टि-२० बिग ब्यास भनेर ६ वटा राज्यको प्रतिनिधित्व गर्ने टिमहरु खेल्ने गर्थे जसलाई परिमार्जित गरि ८ सहर प्रतिनिधित्व गर्ने फ़्रेञ्चाइज रझ्दै प्रतियोगिता सुरु गरिएको थियो। लिग अस्ट्रेलियामा ग्रिष्म ऋतुमा ( डिसेम्बर देखि फेब्रुवरी ) आयोजना हुने गर्छ। लिगमा पर्थ स्कर्चर्स इतिहासकै सफल टिम हो जले ३ पटक उपाधि जितीसेको छ। बिग ब्यासको सफलता पछि २०१५ देखि क्रिकेट अस्ट्रेलियाले महिला बिगब्यास लिग समेत सुरु गरेको छ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स

बिदेशी लिगहरुमा सन्दिपको प्रदर्शन 

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-१० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।





थप समाचार

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]

‘धेरै रन बनाउने लक्ष्य छ’ – कप्तान पौडेल (भिडियो सहित)

काठमाडौं । वेस्ट इन्डिज ए सँग शनिबारबाट सुरु हुने पाँच खेलको टी-२० सिरिजमा बढि भन्दा बढि रन बनाउँने नेपाली टोलीको […]

आइपीएल : कोलकता र पञ्जाब खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र पञ्जाब किंग्सबीच खेल हुदैछ । काृलकाताको घरेलु मैदान इडन […]

हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ […]

बेंगलुरुद्वारा हैदराबादलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ […]