बिग ब्यास फाइनलमा सन्दिपको कसिलो बलिङ्ग

अस्ट्रेलियाको मेलबर्नमा जारी बिग ब्यास लिग प्रतियोगिताको फाइनलमा नेपाली स्पिनर सन्दिप लामिछानेले कसिलो  बलिङ्ग गरेका छन्।

मेलबर्न रेनेगेड्स र मेलबर्न स्टार्स बीच जारि फाइनल खेलमा स्टार्सले टस जितेर बलिङ्ग रोजेको हो।

खेलको पहिलो इनिंग सकिदा मेलबर्नले २० ओभरमा ५ विकेट गुमाएर १४५ रनको योगफल तयार गरेको हो। रेनेगेड्सको लागि ब्याटिंगमा टम कुपरले अविजित सर्वाधिक ४३ रन बनाउने ४५ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै ड्यानियल क्रिस्टीएनले ३८ रन बनाउन ३० बलमा २ चौका र १ छक्का प्रहार गरे।

रेनेगेड्स कुनै बेला ६५/५ को अवस्थामा थियो जसपछि ड्यानियल र टमले छैठौं विकेटको लागि ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफल तर्फ डोर्याए।

स्टार्सको बलिङ्गमा ज्याक्सन बर्ड र एडम जाम्पाले २/२ विकेट लिए। बर्डले ३ ओभरमा २५ तथा जाम्पाले ४ ओभरमा २१ रन खर्चिए। सन्दिप लामिछाने सहित अन्य बलर विकेट विहिन रहे।

सन्दिप लामिछानेले आफ्नो स्पेलमा विकेट विहिन हुनु परे पनि ४ ओभरमा मात्र १६ रन खर्चिएका हुन्।

सन्दिपले आफ्नो पहिलो ओभर सातौँ ओभरमा गर्ने क्रममा पहिलो ओभरमा मात्र २ रन खर्चिएका थिए जुन क्रममा उनले ४ वटा डट बल गरे भने २ वटा सिंगल दिए।

लगत्तै स्पेलमा दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले ६ रन खर्चिए। नवौं ओभरको पहिलो बलमा म्याकेन्जी हार्भेले चौका प्रहार गरेका थिए जसपछि ओभरमा २ रन मात्र दिए।

त्यसपछि १२ औं ओभरमा आफ्नो तेश्रो ओभर बलिङ्ग गर्ने क्रममा सन्दिपले मात्र ३ रन खर्चिएका थिए। ओभरमा ३ बल डट र ३ वटा सिंगल दिए।

१५ औं ओभरमा अन्तिम ओभर गर्ने क्रममा सन्दिपले ६ रन खर्चिए जुन क्रममा ओभरमा ४ वटा सिंगल र एउटा डबल रन दिए।

कुल ४ ओभर उनले १६ रन खर्चेर विकेट विहिन रहे।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]