बिग ब्यास लिग : सन्दिपको टिम टस जितेर बलिङ्ग गर्दै

  • विकेटनेपाल, पुष १७, सोमबार 

बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले चौथो खेलमा टम कुपर कप्तानीको मेलबर्न रेनेगेड्स बिरुद्ध टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको छ।

मेलबर्न स्टार्सले प्रतियोगिताको यस अघि सम्पन्न २ वटा खेलमा हार र एउटा खेलमा जित दर्ता गरेको छ। रेनेगेड्सले भने २ वटामा जित र एउटामा हार बेहोरेको छ।

सन्दिप लामिछाने  बिग ब्यास लिग अन्तर्गत रेनेगेड्ससंगको खेल पछि बंगलादेश प्रिमियर लिग खेल्न प्रस्थान गर्दैछन्।

Melbourne Renegades (Playing XI): Mackenzie Harvey, Sam Harper(w), Cameron White, Tom Cooper(c), Mohammad Nabi, Daniel Christian, Beau Webster, Jack Wildermuth, Cameron Boyce, Kane Richardson, Usman Khan

Melbourne Stars (Playing XI): Ben Dunk, Nick Larkin, Marcus Stoinis, Glenn Maxwell(c), Seb Gotch(w), Dwayne Bravo, Evan Gulbis, Jonathan Merlo, Sandeep Lamichhane, Adam Zampa, Scott Boland

खेल : कहाँ, कहिले, कति बजे

मिति : १ जनवरी ( मङ्सिर १७ ) मंगलबार , मैदान – मेलबर्न क्रिकेट ग्राउण्ड , मेलबर्न
खेल समय : २ बजे दिउसो ( नेपाल ) , ७:१५ बजे राति ( अस्ट्रेलिया )
लाइभ : खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

प्रतियोगिता अन्तर्गत यस अघि ३ वटा खेल खेलेका सन्दिपले ७ विकेट लिंदै टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई सावित गरिसकेका छन्। तर मेलबर्न स्टार्सले चौथो खेलपछि आफ्नो स्टार खेलाडी बिना मैदानमा उत्रनुपर्नेछ।

बिग ब्यास लिगको चौथो खेल सकिएपछि सन्दिप बुधबार बंगलादेश प्रस्थान गर्नेछन्। बंगलादेशमा जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन सन्दिप बंगलादेश जान लागेका हुन्।

बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दै छन्। स्यलहेटबाट सोहेल तन्बिर, मोहम्मद इरफान, इमरान ताहिर, आन्द्रे फ्लेचर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन , अल अमिन हुसेन जस्ता खेलाडीहरु खेल्दैछन्।

टिमले जनवरी ६ तारिकमा तमिम इक्बाल कप्तानीको कोमिल्ला भिक्टोरिएन्ससंग पहिलो खेल खेल्नेछ। बंगलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ।

यसबीचमा सन्दिप नेपालले युएईसंग खेल्ने एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागी हुन जानेछन्। नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुअरी ३ तारिकसम्म दुबईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ। सोमबार युएईसंग खेल्नको लागि घोषित २० सदस्यीय प्रारम्भिक टिममा सन्दिप पनि छन्।

नेपालको लागि युएई विरुद्धको सिरिज खेल्न सन्दिप बंगलादेश प्रिमियर लिगमा जनवरी २३ तारिकमा हुने खुल्ना टाईटन्स बिरुद्धको खेल खेलेपछि युएई प्रस्थान गर्ने सम्भावना रहेको छ। युएईसंगको सिरिज फेब्रुअरी ३ तारिकसम्म खेलेपछि यदी सन्दिपको टिम बंगलादेश प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको खण्डमा पुनः सन्दिप बंगलादेश प्रिमियर लिगकै बाँकी खेल खेल्नेछन्। बंगलादेश प्रिमियर लिग सकेपछि मात्रै सन्दिप बिग ब्यास लिग खेल्न पुनः फर्कनेछन्।

बिग ब्यास लिग फेब्रुअरी १७ तारिकसम्म चल्नेछ भने लिग चरणको खेलहरु भने फेब्रुअरी १० तारिकमा सकिनेछ। यदी सन्दिप ढिलोमा फेब्रुअरी ८ तारिकपछि अस्ट्रेलिया फर्कने हो भने मेलबर्न स्टार्सले फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्स विरुद्ध अन्तिम लिग खेल खेल्ने सम्भावना रहन्छ। मेलबर्न स्टार्स अंकतालिकामा शिर्ष ४ भित्र पर्न सके सन्दिपले सेमिफाईनल र फाईनल पनि खेल्न पाउन सक्नेछन्।

बंगलादेशमा सन्दिपको टिमले यदी प्ले-अफ चरण प्रवेश गर्न असफल भएको खण्डमा भने सन्दिपले बिग ब्यासमा ३ वटा लिगको खेलहरु खेल्न पाउनेछन्। मेलबर्नले फेब्रुअरी ३ तारिकमा पर्थ स्कोर्चर्स, फेब्रुअरी ८ तारिकमा ब्रिसबेन हिट र फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। बिग ब्यासको सेमिफाईनल खेल फेब्रुअरी १४ र १५ तारिकमा र फाईनल खेल फेब्रुअरी १७ तारिकमा खेलिनेछ।

बिग ब्यास छोडेर बंगलादेश प्रिमियर लिग किन ? 

बिग ब्यास लिग खेल्दा खेल्दै बंगालदेश प्रिमियर लिग खेल्नुको पछाडीको कारण उनले बंगलादेश प्रिमियर लिग टिम स्यलहेट सिक्सर्सको लागि गरेको पुर्व सम्झौता हो। बिग ब्यास खेल्नु अघिनै उनलाई स्यलहेट सिक्सर्सले अनुबन्ध गरिसकेको थियो।

बिग ब्यास खेल्न जानु अघिनै सन्दिपले उक्त कुरा बताईसकेका थिए। सोमबार अस्ट्रेलियन मिडियाले पनि सन्दिपलाई यही जिज्ञाशा राख्दा सन्दिपले बिग ब्यासमा अनुबन्ध हुनु अघिनै बंगलादेश प्रिमियर लिगमा आबद्ध भइसकेकोले जान लागेको बताएका छन्।

सन्दिपको सट्टा लियाम प्लंकेट 

सन्दिप लामिछाने बंगलादेस प्रिमियर लिग खेल्न जाने भएपछि उनको सट्टा मेलबर्न स्टार्सबाट इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटर लियाम प्लंकेट खेल्नेछन्। ३४ बर्षिय तिब्र गतिका बलर प्लंकेट सन्दिपलाई प्रतिस्थापन गर्न अस्ट्रेलिया पुगिसकेका छन्। लिग सुरु हुनु अघिनै मेलबर्न स्टार्सले प्रतिस्थापनको रुपमा प्लंकेटको नाम घोषणा गरिसकेको थियो।

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]