बुम्राहको योर्करले घाइते विजय शंकर विश्वकपबाट आउट, मायाँक अग्रवालले पाए मौका

भारतीय अल-राउण्डर विजय शंकरको २०१९ विश्वकप यात्रा समाप्त भएको छ। इंग्ल्याण्डसंगको खेल अघि अभ्यासको क्रममा जस्प्रित बुम्राहले गरेको योर्कर बलले खुट्टाको बुढी औलाँमा लाग्दा शंकर घाइते भएका थिए। सोहि कारण इंग्ल्याण्डसंगको खेलमा उनको सट्टा रिशभ पन्तले मौका पाएका थिए।

उनलाई देब्रे खुट्टाको बुढी औलाँ फ्र्याकचर भएको हो जसपछि उनलाई कम्तिमा ३ हफ्ता निको हुन लाग्ने बताईएको छ।

यस अघि भारतीय ओपनर शिखर धवन पनि औलाको चोटको कारण विश्वकप बाट बाहिरीएका थिए जसको सट्टा रिशभ पन्तले टिममा मौका पाएका थिए।

शंकरको स्थानमा एकदिवसीयमा डेब्युनै नगरेका अग्रवाल    

घाइते शंकरको सट्टा मायाँक अग्रवाललाई प्रतिस्थापनको रुपमा बोलाइएको छ जसलाई आईसीसीले मान्यता दिईसकेको छ।

२८ वर्षीय मायाँकले गत वर्ष डिसेम्बरमा अस्ट्रेलियासंग भारतको लागि टेस्टमा डेब्यु गरेका थिए। डेब्युमा उनले ओपनिंग ब्याटिंग गर्दै ७६ रन र ४२ रन बनाएका थिए भने दोश्रो खेलमा ७७ रन बनाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनको डेब्यु भएको छैन। लिस्ट ‘ए’ क्रिकेट मा सन् २०१२ मा डेब्यु गरेका उनले ४८.७१ को औशतले ३६०५ रन बनाएका छन् जसमा १२ शतक र १४ अर्धशतक सामेल छ।

गत वर्ष भारत ‘ए’ टिमको लागि खेल्ने क्रममा उनले इंग्ल्याण्डमा ४ खेलमा ७१.७५ र १०५.९ को स्ट्राइक रेटले २८७ रन बनाएका थिए। अग्रवालले आईपीएलमा किंग्स-११ पन्जाबको प्रतिनिधित्व गरेका थिए।

अग्रवाल घरेलु क्रिकेटमा माथिल्लो क्रममा ब्याटिंग गर्ने गर्छन्। धवन बाहिरिएपछि चौथो नम्बरमा ब्याटिंग गरेका केएल राहुल ओपनिंग गर्दै आएका छन्। अग्रवालको आगमनले राहुल पुनः चौथो स्थानमा आउने र अग्रवाललाई ओपनिंग गराउने सम्भावना पनि रहन्छ।

विश्वकपमा अम्बाती रायडुलाई स्थान नदिंदै विजय शंकरलाई नम्बर-४ ब्याट्सम्यानको रुपमा मौका दिईएको थियो। प्रतियोगिता अघि रायडुको खस्कदो लय र विजयको न्युजिल्याण्ड र अस्ट्रेलियासंगको प्रदर्शनले टिममा उनले स्थान पाएका थिए। तथापी विश्वकपमा विजयको सट्टा राहुललाई चौथो नम्बरमा स्थान दिईएको थियो।

धवन घाइते भए पछि राहुल ओपनरको रुपमा र विजयले चौथो नम्बरमा ब्याटिंग गरेका थिए। उनले ३ खेलमा मौका पाए जुन क्रममा पाकिस्तानसंग छैठौं नम्बरमा ब्याटिंग गरे। विजयको प्रदर्शन भने खास रहन सकेन, वेस्ट इन्डिजसंग १५ बलमा १९ र अफगानिस्तानसंग ४१ बलमा २९ रन बनाए।

विश्वकपमा भारतले आगामी खेल बंगलादेशसंग मंगलबार र श्रीलंकासंग शनिवार खेल्ने तालिका रहेको छ। अंकतालिकामा दोश्रो स्थानमा रहेको भारतले ७ खेलमा ५ जित र १ हार बेहोर्दा १ खेल वर्षाले नतिजाविहिन रहेको थियो।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]