वर्ल्ड टेस्ट च्याम्पियनसिपको विजेता न्युजिल्यान्डले कति पायो पुरस्कार रकम

न्युजिल्यान्डको रुपमा विश्व क्रिकेटले टेस्ट क्रिकेटको नयाँ च्याम्पियन पाएको छ। भारतलाई ८ विकेटले निराश बनाउदै केन विलियमसनकप्तानीको टिमले ऐतिहासिक पहिलो आईसीसी टेस्ट च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो। उपाधि सहित न्युजिल्यान्डले पुरस्कार राशिको रुपमा ठूलो रकम समेत हात परेको छ।

विजेता न्युजिल्यान्डले १६ लाख अमेरिकी डलर अर्थात् करिब १९ करोड नेपाली रुपैयाँ हात पार्यो। यस्तै उपविजेता भारतले ८ लाख अमेरिकी डलर अर्थात् साढे ९ करोड नेपाली रुपैयाँ हात पार्यो।

आईसीसीले फाइनल पुग्न असफल टोलिहरुलाई पनि पुरस्कार राशि घोषणा गरेको थियो। यस अनुसार तेश्रो स्थान हाँसिल गर्न सफल टिम अस्ट्रेलियाले ४ लाख ५० हजार डलर, चौथो स्थानको टिम इंग्ल्यान्डले ३ लाख ५० हजार डलर र पाँचौ टिमले २ लाख डलर पाएको छ। यस्तै टेस्ट च्याम्पियनसिपमा सहभागी अन्य टिमले १ लाख डलर पाएको छ।

आईसीसीले सन् २०१९ मा इंग्ल्यान्डमा आयोजित एकदिवसीय विश्वकपको विजेतालाई ४० लाख डलर ( करिब ४७ करोड ५१ लाख रुपैयाँ ) तथा उपविजेतालाई २० लाख डलर पुरस्कार रकम दिएको थियो। यस्तै सेमीफाइनलमा पराजित हुने टिमले ८ लाख डलर प्रदान गरेको थियो।

सम्बन्धित –

आईपीएल विजेता मुम्बईले कति पायो पुरस्कार रकम

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy