बिक्रम ठगुन्नाको ह्याट्रिकमा प्रदेश ७ को बिशाल जित : एमएम कप

  • विकेटनेपाल – १ माघ, मंगलवार

बिक्रम ठगुन्नाले ह्याट्रिक लिएपछि सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ५ लाई ११८ रनको बिशाल अन्तरले पराजित गरेको छ।

पहिले ब्याटिंग गर्दै प्रदेश ७ ले दिएको २४५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको प्रदेश नम्बर ५ २८.३ ओभरमा १२६ रनमा समेटिन पुग्यो। टोलीका लागि कृष्ण कार्कीले ३६, सन्दिप रजालीले १४ तथा सुबेन्दु पाण्डे र बिक्रम भुषालले समान ११-११ रन जोड्न बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। प्रदेश ५ ले १८ रन अतिरिक्त स्वरूप पाएको थियो।

प्रदेश ५ लाई सस्तैमा समेट्न खेलको प्लेयर अफ दी म्याच समेत बनेका प्रदेश ७ का बिक्रम ठगुन्नाले ह्याट्रिक सहित ४ विकेट हात परे। खेलको सातौँ ओभरको चौथो, पाँचौ र छैठौं बलमा बिक्रमले लगातार विकेट लिएका थिए।

बिक्रमको ह्याट्रिकको शिकार बन्ने क्रममा प्रदेश ५ का राजबिर सिंह ( ९ ) सातौँ ओभरको चौथो बलमा दिपेन्द्र थापाको हातमा क्याच आउट भएका थिए। त्यसको लगत्तै ओभरको पाँचौं बलमा प्रकास केसी ( ० ) विजय रानाको हातबाट समातिन पुगे। यस्तै ओभरको अन्तिम बलमा ह्याट्रिक बलको सामना गरेका सौरभ खनाल ( ० ) एल बि डब्लु को शिकार बन्दा बिक्रमले ह्याट्रिक पुरा गरेका थिए।

कुल ८.३ ओभर बलिंग गरेका बिक्रमले २ मेडन सहित ३८ रन खर्चिएर ४ विकेट हात पारे। यस्तै नारायण जोशी र शेर मल्लको नाममा समेत समान २-२ विकेट रह्यो।

यसअघि पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ७ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन जोडेको थियो। उसको इनिंगमा लोकेश बमले सर्वाधिक ६८ तथा रोशन अधिकारीले ५९ रन जोडेका थिए।

यस्तै टोलीको खातामा बिपिन रावलले २४ र नारायण जोशीले २२ रनको व्यक्तिगत योगदान गरेका थिए।

प्रदेश ५ नम्बरको बलिंगतर्फ मन बहादुर रानाले सर्वाधिक ३ विकेट हात पारेका थिए। यस्तै रुपेश कुर्मी र बिक्रम भुषालको नाममा समान २-२ विकेट रहेको थियो।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]