बिक्रमको अलराउण्ड प्रदर्शनमा आर्मीको कठिन जित

  • विकेटनेपाल, ६ जेठ

कर्णाली प्रिमियर लिग अन्तर्गत चौथो दिन सम्पन्न २ वटा खेलमा त्रिभुवन आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले जित दर्ता गरेका छन्। दुवै टिमको प्रतियोगितामा यो पहिलो जित हो। अंकतालिका

पहिलो खेल ( स्कोरकार्ड )

दिनको पहिलो खेलमा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई ८ रनले पराजित गरेको छ।

टस हारेर ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले ( केसीटिसी ) निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो।

बिपिन आचार्यले अर्धशतक बनाए

खराब सुरुवात गरेको केसीटिसीले सुरुवाती ५ विकेट मात्र ३२ रनको स्कोरमा गुमाएको थियो। छैठौ विकेटको लागि बिपिन आचार्य र बिबेक राना मगरले ७६ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन पार गराएका थिए। बिपिनले ५७ रन तथा बिबेकले ४५ रनको इनिंग खेले जुन क्रममा बिपिनले ३९ बलमा ७ चौका र १ छक्का तथा बिबेकले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

रोयल राइजिंगका बलर प्रकाश जैसीले ३ विकेट तथा बिबस सिरी र विजय बिस्टले समान २/२ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंगले पुरा २० ओभर ब्याटिंग गरेपनि ८ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । राइजिंगको लागि ओपनिङ्ग ब्यट्सम्यान प्रकाश जैसीले सर्वाधिक ५६ रन बनाउने क्रममा ४७ बलमा ९ चौका र १ छक्का प्रहार गरे पनि जितको लागि पर्याप्त हुन सकेन।

केसीटिसीका बलर आदील खानले सर्वाधिक ३ विकेट र संजय बस्नेतले २ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच बिपिन आचार्य घोषित भए।

दोश्रो खेल ( स्कोरकार्ड )

आइतबारनै सम्पन्न दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा महाकाली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो। यस अघि आर्मी पहिलो खेलमा शनिबार रुपन्देहीसंग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिंग गरेको महाकाली क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १२९ रन बनाएको थियो।

बिकाश आग्रीले ३ विकेट लिन उत्कृस्ट बलिङ्ग गरे

उसको लागि कप्तान सुरेन्द्र चन्दले सर्वाधिक २९ रन बनाए भने दिपेन्द्र चन्द र प्रकाश सिंहले समान १९/१९ रन बनाए। किरन ठगुन्नाले १६ तथा नरेश बोहराले १३ रन योगदान दिए। आर्मीका बलर सुशन भारि, बिक्रम सोब र हरि कृष्ण झाले समान १/१ विकेट हात पारे।

१३० रनको लक्ष्य आर्मीले १९ ओभरमा ५ विकेट गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा ५५ रनमा पहिलो ५ विकेट गुमाएको त्रिभुवन आर्मी क्लबको लागि छैठौं विकेटको साझेदारीको रुपमा बिक्रम सोब र नरेश बुढायरले अविजित ७९ रनको साझेदारी गरेका थिए। बिक्रमले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे भने नरेशले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे। महाकालीका बलर बिकाश आग्रीले ३ विकेट तथा रोबिन क्षेत्री र महेन्द्र ठगुन्नाले समान १/१ विकेट हात पारे।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]