सुदुरपश्चिमको पहिलो जितमा बिनोदको ५ विकेट, सकियो प्रधानमन्त्रीकपको समुह चरण

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह चरणको खेलहरु सकिएका छन्।

मंगलबार गण्डकी प्रदेश र सुदुरपश्चिम बीच मुलपानी मैदानमा सम्पन्न अन्तिम खेलमा सुदुर पश्चिमले प्रतियोगिताको पहिलो जित हाँसिल गर्ने क्रममा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्यो। गण्डकी प्रदेश ४ वटै खेलमा पराजित भयो।

यस अघिनै समुह ‘ए’ बाट प्रदेश-३ समुह विजेताको रुपमा एपीएफ उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ। यस्तै समुह ‘बि’ बाट समुह विजेताको रुपमा नेपाल पुलिस क्लब र उप-विजेताको रुपमा त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान पक्का गरिसकेका छन्।

अंकतालिका 

सेमीफाइनल खेलहरु बुधबार देखि सुरु हुनेछन्। पहिलो सेमीफाइनलमा बुधबार ( जेठ २२ ) समुह ‘ए’ विजेता प्रदेश-३ र समुह ‘बि’ उपविजेता त्रिभुवन आर्मी क्लबले तथा बिहिबार ( जेठ २३ ) हुने दोश्रो सेमीफाइनलमा समुह बि विजेता नेपाल पुलिस क्लबले समुह बि उप-विजेता तथा डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बलको सामना गर्नेछ।

बिनोद लामाको उत्कृस्ट बलिंग 

खेलमा पहिले ब्याटिंग गर्दै गण्डकीले दिएको ९० रनको लक्ष्य सुदुरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिमको सुरुवात पनि खराब रहेको थियो। पहिलो ६ विकेट ३३ रनमै गुमाउन पुग्दा सातौँ विकेटको लागि नरेन्द्र साउद र आकाश चन्दले अविजित ६० रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

नरेन्द्रले अविजित २३ ( ४२ बलमा २ चौका ) तथा आकाशले २९ रन ( ३४ बलमा २ चौका र २ छक्का ) बनाए। लोकेश बमले १५ रन बनाए।

Binod Lama ( File Photo )

गण्डकीका तिब्र गति बलर किशोर महतोले ३ विकेट ( ८-१-२३-३ ), बिपिन खत्रीले २ ( ९-३-२६-२ ) र दिपेश श्रेष्ठ ( ६.२-०-१५-१ ) ले १ विकेट लिए।

यस अघि मुलपानी मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णयलाई गलत सावित गर्न सुदुरपश्चिमका बलर बिनोद लामा एक्लैले ५ विकेट लिए। देब्रे हाते स्पिनर लामाले ६ ओभरमा २ मेडन ओभर गर्दा २५ रन खर्चिए। महेश अधिकारी ( ५-१-१८-२ ) र शेर मल्ल ( ४.४-०-१७-२ ) ले २/२ विकेट लिए।

गण्डकीको ब्याटिंगमा राहुल शर्माले सर्वाधिक ४१ रन ( ४९ बलमा ४ चौका र १ छक्का ) बनाए पनि अन्य ब्याट्सम्यानले उनलाई उल्लेख्य साथ दिन नसक्दा २०.४ ओभरमा ८९ रनमा अलआउट हुन पुगेको थियो।

बिनोद लामा खेलको प्लेयर अफ द म्याच चुनिए। स्कोरकार्ड  , अंकतालिका 

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]