बिनोद भण्डारीको लगातार ५ छक्का !

  •  विकेटनेपाल, 

सातौ रास्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बिनोद भण्डारीले ललित प्याकुरेलको एकै ओभरमा लगातार ५ छक्का प्रहार गरेका छन्।

इनिंगको २० औ ओभर बलिंग गर्न आएका ललितको पहिलो बलमा सोमपाल कामिको विकेट लिए । त्यसपछि दोश्रो बलमा स्ट्राइक पाएका भण्डारीले लगातार ५ वटा छक्का प्रहार गर्दै मैदानमा बलर ललितको सातो लगेका थिए।

२१ बलमा अर्धशतक प्रहार गरेका भण्डारीले अविजित ६७ रन बनाउने क्रममा २३ बल मात्रै सामना गरे जसमा ३ चौका र ८ छक्का सामेल थियो। उता ५ छक्का प्रहार गरेपछि ललित प्याकुरेलले ४ ओभरमा ६० रन खर्चे। तिब्र गति बलर प्याकुरेलले राजेश पुलामी र सोमपाल कामिको विकेट लिएका थिए।

१९ ओभरको समाप्तिमा १२७ कुल स्कोर रहेको आर्मीको स्कोर बिनोदको बिस्फोटपछि १५७ पुगेको थियो। अन्तिम ओभरको बिनोदको ३० रनलेनै मध्यपश्चिमाञ्चलले खेल गुमायो।

बैजनाथपुर मैदानमा सम्पन्न प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा टस जितेर मध्यपश्चिमाञ्चलले आर्मीलाई ब्याटिंगको निम्तो दियो। ओपनर अनिल मण्डलले ४१ रन तथा बिनोद भण्डारीले ६७ रन बनाएपछि आर्मीले निर्धारित २० ओभरमा १५७/६ को योगफल खडा गर्यो। मध्यपश्चिमाञ्चलका सिद्धान्त राज शाहीले ४ ओभरमा ९ रन मात्रै खर्चेर २ विकेट हात पारे।

प्रतिउत्तरमा ब्याटिंग गरेको मध्यपस्चिमाञ्चलले २० ओभरमा १२७/९ मात्रै बनाउन सक्यो। बिक्रम सोबले सर्बाधिक ३ तथा अविनाश कर्ण र सागर पुनले आर्मीको लागि २/२ विकेट हात पारे। मध्यपश्चिमाञ्चलका प्रज्ज्वल शाहीले बनाएको २९ रननै सर्बाधिक स्कोर बन्यो भने राजबिर सिंहले १९ र प्रनित थापाले १५ रन योगदान दिए।   ( स्कोरकार्ड )

पुलिसको सहज जित 

सोमबारनै सम्पन्न दोश्रो खेलमा नेपाल पुलिस क्लबले पूर्वान्चललाई ५० रनले पराजित गर्यो। स्कोरकार्ड

टस जितेर ब्याटिंग गरेको पुलिसले आरिफ शेखको ४० रन मदतले २० ओभरमा १४४/८ को योगफल बनायो। आरिफले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे। सुनिल धमलाले २२ तथा मन्जित श्रेष्ठले २० रन योगदान दिए।

पूर्वान्चल बलर फिर्दोश अन्सारीले ४ विकेट हात पारे। उनले आरिफ शेख, मन्जित श्रेष्ठ, सिद्धान्त लोहनीको विकेट लिएका अन्सारीले ४ ओभरमा १७ रन खर्चे।

१४५ रन लक्ष पछ्याएको पुर्वान्चलले ९४ रनमै सबै विकेट गुमायो। ललित भण्डारी र रामनरेश गिरिले ३/३ विकेट लिएपछि पूर्वान्चल निरिह साबित भयो।

पूर्वान्चलको लागि सन्दिप ढुंगानाले २९ तथा मुकुन्द यादबले २८ रनको योगदान दिए। महबुब आलमले ८ रन मात्रै बनाउन सके।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy