कलेज क्रिकेट लिग : ब्याटिंगमा शतक र बलिंगमा समेत चम्किए बिनोद भण्डारी

  • विकेटनेपाल, चैत-१२ 

ट्रीटन कलेजले राजधानीमा जारि कलेज क्रिकेट लिग अन्तर्गत तेस्रो दिनको खेलमा एडिया केसीसी माथि सहज जित दर्ता गरेको छ। राष्ट्रिय क्रिकेटर विनोद भण्डारीको आक्रामक शतकसँगै अलराउन्ड प्रदर्शनमा ट्रीटन १ सय ९ रनले विजयी रह्यो।

टस जितेर ब्याटिङ रोजेको ट्रीटनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन जोड्यो। ओपनरद्वय विनोद भण्डारी र आदील खानले पहिलो विकेटका लागि १६.५ ओभरमा १ सय ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।

आदीलले ३८ बलमा ६ चौका र १ छक्कासहित ५१ रन जोडे । विनोदले प्रतियोगिताकै पहिलो शतक जोड्ने क्रममा विस्फोटक ब्याटिंग गर्दै ६५ बलमा १ सय ४ रन बनाए । उनले १४ चौका र ३ छक्का प्रहार गरे । उनले मात्र ६१ बलमा शतक पुरा गरेका थिए ।

Binod Bhandari

ट्रीटनका लागि अरुण ऐरी २४ रनमा नटआउट रहे । उनले १० बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरे । खडक बोहोराले १ रन जोड्दा विक्रम शोब पहिलो बलमा बोल्ड भए । किरण ठगुन्ना ५ रनमा नटआउट रहे । केसीसीका लागि संजय यादव र सुवास क्षेत्रीले २-२ विकेट हात पारे ।

जवाफमा केसीसीले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमात्र जोड्न सक्यो । दिनेश आग्रीले १५ र विरेन्द्र बमले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओपनर रमेश भट्ट १, सन्तोष कुमार साह २ तथा दिपेन्द्र ऐरी १ रनमा आउट भए ।

Binod Bhandari

ट्रीटनका लागि बलिंगमा समेत चम्किने क्रममा दायाँ हाते अफस्पिनर विनोद भण्डारीले मध्यक्रम धराशायी पार्ने क्रममा ३ विकेट लिए । म्यान अफ द म्याच समेत बनेका उनले ७ रनमा खेलिरहेका ध्रुव पन्थीलाई पनि सिधा थ्रोमा रनआउट गरेका थिए । ट्रीटनका सुमित झाले २ तथा विक्रम सोब, जितेन्द्र यादव, अभिनाश अधिकारी र अरुण ऐरीले १-१ विकेट हात पारे।

वर्षाका कारण दोश्रो खेल रद्द 

ओमेगा र त्रिभुवन विश्वविद्यालयबीच भएको दिनको दोस्रो खेल वर्षाका कारण रद्द भयो ।

टस जितेर ब्याटिङ रोजेको ओमेगा ७.३ ओभरमा ४०-३ को स्थितिमा रहँदा खेल वर्षाले बिथोलेको थियो । त्यसपछि वर्षाका कारण खेल सम्भव नहुँदा दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारि प्रतियोगितामा १२ कलेज सहभागी छन् । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।

सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह ‘क’ मा अर्किड इन्टरनेशनल कलेज, एडिया कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह ‘बी’ मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह ‘डी’ मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।

बुधबारको खेल :

एनसीसी विरुद्ध शंकरदेव – ९ बजे
गोल्डेन गेट विरुद्ध ओमेगा – १ बजे





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]