बिनोदको आक्रामक ब्याटिंग, आर्मीद्वारा प्रदेश-३ लाई ठुलो लक्ष्य

binod bhandari

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो सेमीफाइनलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर-३ ले प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदानमा जारि खेलमा टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रनको योगफल तयार गरेको छ।

आर्मीको लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय इनिंग खेले। भण्डारीले अविजित ७५ रन बनाउदा ४२ बलमा ५ चौका र ५ छक्का प्रहार गरे भने रिजालले ८६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै रोहित पौडेलले ४३, हरिबहादुर चौहानले ३८, कुशल मल्लले २६, राजेश पुलामीले २९ तथा करन केसीले २६ रन बनाए।

Raju Rijal
Raju Rijal ( File Photo )

सुस्त सुरुवात गर्ने क्रममा आर्मीले ११ ओभरमा २३ रन बनाएको थियो। १२ औं ओभरमा १२ रन बनाएका हरिकृष्ण झा आउट भएपछि दोश्रो विकेटको लागि राजुले हरि बहादुर चौहानसंग ७३ रनको साझेदारी गरेका थिए।

अन्तिम ५ ओभरमा आर्मीले ६० रन बनाउदै ३०० रन कटाएको थियो जुन क्रममा कुशल मल्ल र बिनोद भण्डारीले आक्रामक ब्याटिंग गरे।

प्रदेश-३ को बलिङ्गमा जितेन्द्र सिंह ठकुरी ( १०-०-४७-२ ) र नन्दन यादब ( १०-१-४१-२ ) ले २/२ विकेट तथा कप्तान पारस खड्का ( १०-०-५३-१ ) र सोनु देबकोटा ( १०-०-७०-१ ) ले १/१ विकेट लिए। निकै महँगो सावित हुने क्रममा देब्रे हाते स्पिनर सुर्य तामांग विकेट विहिन रहँदै १० ओभरमा ९१ रन खर्चिए।

स्कोरकार्ड 

प्रतियोगिताको समुह चरण अन्तर्गत समुह ‘बि’ को उप-विजेताको रुपमा त्रिभुवन आर्मी क्लब र समुह ‘ए’ को विजेताको रपमा प्रदेश नम्बर-३ सेमीफाइनल पुगेका थिए। प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनलमा भोलि एपीएफ र नेपाल पुलिसले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार खेलिनेछ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]