बिनोद भण्डारीले बिष्फोटक पारि खेल्दा आर्मीको लगातार दोस्रो जित

Binod Bhandari
  • विकेटनेपाल – १८ जेष्ठ, शुक्रवार

प्रधानमन्त्रि कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौंको टियु मैदानमा शुक्रवार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा आर्मीले प्रदेश नम्बर १ लाई १०६ रनले पराजित गर्यो।

बर्षा बाधक बनेपछि ४५ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले पुरै ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २२५ रन जोडेको थियो। लामो समयपछि घरेलु एक दिवसीय प्रतियोगितामा उत्कृस्ट ब्याटिंग गरेका बिनोद भण्डारीले बिष्फोटक इनिंग खेल्ने क्रममा मात्र २९ बलमा ६४ रन जोडेका थिए।

ओपनर ब्याट्सम्यानहरु द्वय सागर पुन र अनिल मण्डलले ११.३ ओभरमा २४ रन मात्र जोड्न सकेको अवस्थामा नम्बर ८ मा ब्याटिंग गर्न आएका बिनोद भण्डारीले २९ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए।

जवाफमा ४५ ओभरमा २२६ रनको लक्ष्य लिएर मैदान उत्रिएको प्रदेश नम्बर १ ले २९.३ ओभरमा ११९ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। प्रदेश नम्बर १ को चेजमा कप्तान पुष्प थापाले अर्ध शतक बनाएपनि त्यो जितका लागि पर्याप्त भएन। ७२ बल खेल्दै ५९ रन जोड्न पुष्पले ६ चौका र १ छक्का प्रहार गरे। प्रदेश नम्बर १ का पुष्प थापा र राजन मगर (२४) बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीको बलिंगमा सुशन भारिले एक्लै ४ विकेट चट्काए।

Puspa Thapa
Puspa Thapa

आजनै मुलपानी मैदानमा हुने भनिएको नेपाल पुलिस क्लब र प्रदेश नम्बर ६ बिचको खेलभने बर्षाका कारण रद्ध भएको छ र दुवै टोलीले समान १-१ अंक बाँढेका छन्।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]