बिनोद भण्डारीले बिष्फोटक पारि खेल्दा आर्मीको लगातार दोस्रो जित

२०७५ जेष्ठ १८, शुक्रबार २०:४२

Binod Bhandari
  • विकेटनेपाल – १८ जेष्ठ, शुक्रवार

प्रधानमन्त्रि कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौंको टियु मैदानमा शुक्रवार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा आर्मीले प्रदेश नम्बर १ लाई १०६ रनले पराजित गर्यो।

बर्षा बाधक बनेपछि ४५ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले पुरै ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २२५ रन जोडेको थियो। लामो समयपछि घरेलु एक दिवसीय प्रतियोगितामा उत्कृस्ट ब्याटिंग गरेका बिनोद भण्डारीले बिष्फोटक इनिंग खेल्ने क्रममा मात्र २९ बलमा ६४ रन जोडेका थिए।

ओपनर ब्याट्सम्यानहरु द्वय सागर पुन र अनिल मण्डलले ११.३ ओभरमा २४ रन मात्र जोड्न सकेको अवस्थामा नम्बर ८ मा ब्याटिंग गर्न आएका बिनोद भण्डारीले २९ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए।

जवाफमा ४५ ओभरमा २२६ रनको लक्ष्य लिएर मैदान उत्रिएको प्रदेश नम्बर १ ले २९.३ ओभरमा ११९ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। प्रदेश नम्बर १ को चेजमा कप्तान पुष्प थापाले अर्ध शतक बनाएपनि त्यो जितका लागि पर्याप्त भएन। ७२ बल खेल्दै ५९ रन जोड्न पुष्पले ६ चौका र १ छक्का प्रहार गरे। प्रदेश नम्बर १ का पुष्प थापा र राजन मगर (२४) बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीको बलिंगमा सुशन भारिले एक्लै ४ विकेट चट्काए।

Puspa Thapa
Puspa Thapa

आजनै मुलपानी मैदानमा हुने भनिएको नेपाल पुलिस क्लब र प्रदेश नम्बर ६ बिचको खेलभने बर्षाका कारण रद्ध भएको छ र दुवै टोलीले समान १-१ अंक बाँढेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy